हेटौँडा,१७ कार्तिक ।
यस वर्षको कार्तिक महिनामा मकवानपुरबाट मानिस वेपत्ता हुनेक्रम डरलाग्दो ढंगबाट बृद्धि भएको छ ।  कार्तिक महिनाको ५ गतेबाट हालसम्म ८ जना मानिस वेपत्ता भएको र खोजिदनिको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन समेत परेको तथ्याङ्क देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार गत कार्तिक ५ गतेबाट हालसम्म १२ दिनको अवधिमा ८ जना मानिसहरु वेपत्ता भएका छन् । उनीहरुमध्ये ४ जना महिला तथा ४ जना पुरुष रहेका छन् । उनीहरु के कारणले वेपत्ता भएको हुन भन्ने विषय अहिलेसम्म खुलेको छैन तर दिनदिनै मानिसहरु वेपत्ता हुन लागेपछि मकवानपुरेवासीमा भने त्रास फैसलएको छ ।

गत कार्तिक ५ गते हेटौँडा वडा नंबर ४ मा रहेको मानव सेवा आश्रममा रहेकि ३० वर्षकी विष्णुमाया तामाङ वेपत्ता भइन् । आश्रमबाट निस्केकी उनी पुन सम्पर्कमा नआएपछि आश्रमले प्रहरीमा विष्णुमाया हराएको जानकारी दिएको थियो ।

गत कार्तिक ७ गते हेटौँडा ९ का केशव कर्की, कार्तिक ८ गते हेटौँडा ५ का ३० वर्षका ज्ञानेन्द्र कुमार फुँयाल, कार्तिक १० गते हेटौँडा १० मा रहेको एक होटलमा काम गर्ने २१ वर्षका कृष्णकुमार गौतम, कार्तिक ११ गते भीमफेदी गाउँपालिका १ कि २१ वर्षकी जमुना जिम्वा, कार्तिक १५ गते हेटौँडा ८ की १५ वर्षकी सुजिता देउला तथा कार्तिक १६ गते हेटौँडा १४ का वद्रीप्रसाद अधिकारी हराएको भन्दै परिवारले प्रहरीलाई खोजिदिनको लागि आग्रह सहित निवेदन दर्ता गरेका छन् ।

हराएको मध्ये केहि ब्यक्तिहरु फेला परिसकेको र आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले खबरब्रेकलाई बताए ।
केहि ब्यक्ति विवहा गर्नको लागि भागेको तथा केहि घरयासी तनावको कारण हराएको तथ्य खुलेको समेत उनको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।