थहानगर, १२ कार्तिक
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा भइरहेको तेस्रो थाहा महोत्सवको तस्रो दिन सोमबार ८० लाख बराबरको कारोबार भएको छ । महोत्सवमा राखिएका २ सय स्टलबाट सो रकम बराबरको कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए ।

महोत्सवमा होटल, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी लगायत स्टलहरु राखिएका छन् । महोत्सवबाट करिब ६ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएकोमा यस पटकको मेलामा लक्ष्य भन्दा बढी कारोबार हुने देखिएको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।

महोत्सवमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ । सोमबार ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलका गायक रमेशराज भट्टराईले प्रस्तुती दिएर दर्शकहरुलाई उचालेका थिए ।

गायक मुक्तिनाथ उप्रेती र गायिका उमादेव खनालको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । त्यस्तै स्थानीय कलाकारहरुको प्रस्तुती जीवन्त रहेको थियो । मंगलबार कलाकारहरु कमल खत्री, मिलन लामा, दिपक खड्का लगायतको प्रस्तुती रहने आयोजकले बताएको छ ।
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गरिएको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।