रौतहट,रौतहट जिल्लामा ठुला उद्योग खुल्ने क्रम बढ्दै जान थालेका छन । रौतहटमा उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएपछि रौतहटमा तिन ओटा ठुला उद्योग सञ्चालनमा आउने भएका छन् ।

रौतहटको कटहरिया नगरपालिका–९ , डुमरियामा बाबा वैजनाथ चिनी उद्योग, चन्द्रपुर नगरपालिका–९ बालचनपुरमा गोदावरी स्टिल इण्डष्ट्रिज तथा एभरेष्ट डिष्टिलरी सञ्चालनमा आउन लागेका हो । १ अर्ब २५ करोडको लागतमा बाबा वैजनाथ चिनी उद्योग सञ्चालनमा आउन लागेको संचालकले जानकारी दिएका छन् । उद्योगले अर्को बर्षदेखी उखुको क्रसिङ समेत शुरू गर्ने जानकारी दिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका बालचनपुरमा स्थापना भएको गोदावरी स्टिल इण्डष्ट्रिजमा उपकरण जडान भइरहेको छ ।

आगामी २ महीनाभित्र उद्योगले फलामे रड उत्पादन गर्ने सञ्चालकले बताएको छ । एभरेष्ट डिष्टिलरी पनि सञ्चालनको तयारीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय गौरका प्रमुख जयकान्त झाले बताउनुभयो ।

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता