बलिउडमा सर्वाधिक रुचाइएका जोडी दीपिका पादुकोण र रणवीर सिंहले आगामी महिना विवाह गर्ने भएका छन्।स्टार अभिनेत्री दीपिका पादुकोणले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको मिति खुलासा गरेकी हुन्।

उनका अनुसार आगामी नोभेम्बर १४ र १५ तारिखका दिन विवाह हुने तय भएको छ।रणवीर र दिपिकाले पद्मावत, बाजिराओ मस्तानी, गोलियोकी रसलिला रामलिला र फाइन्डिङ फ्यानीजस्ता चर्चित चलचित्रमा सँगै काम गरिसकेका छन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।