गाउँ होस् वा शहर, केटाकेटी हुन् वा वृद्धवृद्धा, धेरैलाई दशैँको रौनक छाइसकेको छ । दशैँको बेला धेरै दिनसम्म हुने विदा, मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग समय बिताउन पाउने खुसी, आदिले धेरैको प्रतिक्षा चाड हो, दशैँ ।

परिवारका सबै सदस्यहरु भेला भएर एक आपसमा रमाइलो गर्दै मीठो मसिनो खाएर यो पर्व मनाउने गरिन्छ । विशेषगरी, दशैँमा धेरै घरको भान्सामा मासुका परिकारहरु पाक्छन् । अन्य समयमा भन्दा दशैँका बेला मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमा खाने गरिन्छ, भुटन, तास, सेकुवा, झोल, फ्राई, आदिको रुपमा ।

 

हुँदा खाने र हुने खाने दुवै वर्गका भान्सामा दशैँको बेला मासु पाकेकै हुन्छ । यसरी हेर्दा, दशैँ र मासु एक आर्काका परिपुरुक हुन् कि जस्तो पनि लाग्छ । त्यत्ति मात्रै होइन, दशैँ नजिकिँदै गर्दा शाकाहारी र माँसाहारी दुवैले मासुको विषयमा कम्तीमा एकपटक कुरा गरेकै हुन्छन् ।

शाकाहारीहरुले मासुको सट्टा के खाने र माँसाहारीले मासुका कस्ता कस्ता परिकारहरु खाने भनेर योजना बनाउँछन् । अन्य समयमा विभिन्न कामकाजले व्यस्त रहँदा आँफैले पकाएर मासुका धेरै परिकारहरु खाने फुर्सद नभएर दशैँलाई पुर्ण सदुपयोग गर्नेहरु पनि धेरै छन् ।

कतिपय अवस्थामा शाकाहारी बन्नु राम्रो र मांसाहारी नराम्रो भन्ने चिन्तन सुन्न पाइन्छ । तर यसका आफ्नै राम्रा र नराम्रा पक्ष छन् । कतिपय अवस्थामा मासुबाट राम्रो मात्रामा प्रोटिन प्राप्त हुने हुँदा शारिरिक विकासका लागि आवश्यक पनि छ ।

मासुको जाँच गरी, सफा मासु मात्र खानुपर्छ । मासुलाई चिस्याएर, थोरै तेल हाली वा उसिनेर छाकमा ३-४ टुक्रा सम्म खाँदा यसले शरिरलाई बेफाइदा गर्दैन । तर मासु खाइसकेपछि भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । माछा, मासु, तरकारी, फलफुलका वा आफ्नै विशेषता रहेकाले चाडबाडका बेला हरियो सागसब्जी, सलादसँगै हरेक वस्तु मात्रा मिलाएर खानु अपरिहार्य छ ।

आफ्नै घरमा खसी, बोका, राँगा, च्याँङग्रा, आदि काटेर मासु खाने गरिन्छ । विशेषगरी फुलपाती र महाअष्टमीको दिन वली दिने नाममा हजारौँ निमुखा पशुपंक्षीहरुको हत्या गरिन्छ । अनि उक्त मासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने प्रचलन छ । तर चलिआएको चलन भन्दै धेरैदिनदेखी काटेर राखेको मासु दशैँमा खानु भने स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैन ।

दशैँमा मासु धेरै उपभोग गर्दा स्वास्थवर्धक छ(छैन बुझ्न आवश्यक छ । धेरै मासु खाँदा मानव स्वास्थ्यलाई फाइदा गर्छ कि गर्दैन, कति मात्रामा मासु खानुपर्छ, आदि कुराको पनि ख्याल राख्न जरुरी हुन्छ । मासुकै कारण विभिन्न जुनोटिक रोगहरु ९जनावर वा पशुपंक्षीबाट मानिसमा सर्ने रोग० पनि लाग्न सक्छ । त्यसबारे पनि सचेत हुन उत्तिकै आवश्यक छ । सेतो मासु वाइट मिट र रातो मासु ९रेड मिट० का भिन्नताका विषयमा पनि विभिन्न प्रसंग सुन्न पाइन्छ । सेतो वा रातो कुन मासुले स्वास्थ्यलाई फाइदा पुग्छ, बुझेर मात्रै मासु खानुपर्छ ।

नेपाल पशुपालन ट्रेडर्स एसोसियसनको तथ्यांक अनुसार दशैँकालागि मात्र नेपालमा पाँच सय मिलियन अर्थात ५० करोड रुयैयाँ बराबरको खसी आयात हुन्छन् । कृषि प्रधान देश भएर पनि आवश्यक मागलाई पुरा गर्न नसक्नु नेपालको लागि लज्जाको विषय हो । सन् २०१६ मा काठमाडौँमा मात्रै दशैँका बेला भारत, तिब्बत र नेपालकै बिभिन्न जिल्ला बाट ५० हजार खसी र भेडा खपत भएको माइ रिपब्लिक, सेप्टेम्बर २७, २०१६ मा प्रकाशित तथ्यांकले जनाउँछ । स्वदेशी उत्पादनले देशको मागको १० देखी १५ प्रतिशत मात्र पुर्ति गर्न सक्छ । हरेक वर्ष तीन लाख ३४ हजार टन मासु नेपालबाट उत्पादन हुने पशुपंक्षी सेवा विभागको तथ्यांकमा उल्लेख छ ।

दशैँमा मासुका लागि काटिने पशुपंक्षीहरु वा काटेर तयारी अवस्थामा बेचविखनका लागि बजारमा राखिएका मासु कुन ठाउँबाट आयात गरिन्छ, त्यसको पनि ख्याल गर्न जरुरी छ । मासुको हाइजिन र परिक्षण सम्बन्धि थुप्रै अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिरहेको छ ।

प्रायः दशैँमा खसीको मासु खाने गरिन्छ । खसीको मासुमा थुप्रै आवश्यक तत्व जस्तै प्रोटिन ९४२ प्रतिशत०, पोटासियम, आइरन, भिटामिन ए, सि, डि, बि ६, १२, क्याल्सियम, म्याग्नेसियम आदि पाइन्छ । यससँगै यसमा ७ देखी १० प्रतिशत फ्याट र १९ प्रतिशत कोलेस्ट्रोल पाइन्छ ।

कुखुरा र टर्की ९वाइट मिट० को मासुमा फयटको मात्रा रातो मासु भन्दा कम हुन्छ । मासु रातो र सेतो यसमा भएका मायाग्लोबिन नामक कोशिकाले निर्धारण गर्छ । सेतो मासुको तुलनामा रातो मासुमा फ्याट बढी भएसँगै यसमा प्रोटिन, भिटामिन र अन्य तत्व पनि बढि पाइन्छ ।

आफ्नो टेष्ट र प्राथमिकताका आधारमा पनि रातो वा सेतो मासुको प्रयोग हुन्छ । मासुमा रहेको कोलेस्ट्रोल र फ्याटका कारण शरिरमा कत्तिको हानी पुग्छ भन्ने कुरा मासुको मात्रा र तरिकामा निर्भर गर्दछ । हरेक छाकमा सही मात्रामा, सही तरिकाबाट पकाएर प्रयोग गर्नाले यसले शरिरलाई आवश्यक पौष्टिक तत्व दिन्छ ।

खानपिनमा ध्यान नदिँदा दशैँका बेला मानिसहरुमा झाडाबान्ता, कब्जियत, ग्यास्ट्रिक, एसिडिटी जस्ता समस्या देखा पर्छ । त्यत्ति मात्रै होइन, चाडपर्वको समयमा साथीभाई, इष्टमित्रसँग बसेर ९विशेषगरी युवा० मासु सँगसँगै पेयपदार्थको सेवन गर्छन् । यसले लिभर र दिमागमा असर पु¥याउनका साथै शारिरिक तौल बढ्ने, मुटुरोग, मधुमेह, क्यान्सर, नवजात शिशुहरुमा जन्मजात रोग र डिप्रेसन समेत हुनसक्छ । यस्ता समस्याहरुले सामाजिक समस्या तथा दुर्घटना निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ ।

हरेक व्यक्तिलाई दैनिक कम्तिमा ३ सय ५० ग्राम तरकारी ९विशेषगरी प्रोटिनका लागि कोशेवाली० र ९० ग्राम फलफुल आवश्यक पर्दछ । तरकारी र फलफुलमा आवश्यक मात्रामा फाइबर, प्रोटिन, भिटामिन, लगायतका पौष्टिक तत्वहरु पाइन्छ । जसले पाचन प्रणाली तथा शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्छ, जुन मासुबाट पाइँदैन ।

चाडपर्वमा मासुका परिकार खाइरहँदा हरियो तरकारी तथा फलफुल पनि उत्तिकै खानु आवश्यक छ । साथै यसको उत्पादनमा पनि व्यक्तिगत, समूहगत तथा सरकारी तवरबाट जोड दिनु पर्छ । कृषि उत्पादित वस्तुमा आत्मनिर्भर बनाउन कृषि विकास रणनिति ९२०१५ देखी २०३५० ले पनि भूमिका निर्वाह गर्नुपर्छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट पकेट, ब्लक, जोन र सुपर जोन मानिएका जिल्लाहरुमा यस्ता विषयमा गहिरो अनुसन्धान र कामको उत्तिकै आवश्यकता छ । साथै कृषि एवं पशुपंक्षीको उत्पादन बढाउन सरकारी तबरबाटै आवश्यक कदम चालिनुपर्छ ।

दशैका बेला कसैका लागि मासु नै अपरिहार्य वस्तु नबनोस् । तरकारी, सागसब्जी, माछामासु, पानी पनि शरिरको आवश्यकता अनुसार खाने गरौँ । यसले हामीलाई स्वास्थ्य रहन मद्दत मिल्छ । स्वास्थ्यलाई ख्याल गरेर दशैँ मनाऊँ । बडा दशैँको सबैमा हार्दिक मंगलमय शुभकामना
-कान्तिपुरबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।