हेटौँडा,२९ असोज ।
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायीक वनको युनिट स्थानीय तहमानै ब्यवस्था गर्नुपर्ने बताएकी छिन् । सामुदायिक वन स्थानीय स्तरबाटनै सञ्चालन हुने भएकोले यसको ब्यवस्थापनको जिम्मा पनि स्थानीय सरकारको मातहतमा हुनुपर्ने उनको भनाई रहेको थियो ।
न्युज क्लब नेपाल, हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाठकले सामुदायीक वनलाईअ अझैपनि संघिय अभ्यासमा ढाल्न नसकिएको भन्दै चिन्ता ब्यक्त गरिन् ।

आफु अध्यक्षमा निर्वाचित भएपछि नेपालको सामुदायीक वन क्षेत्रलाई थप विकास तथा संरक्षणको लागि चारवटा कार्ययोजना बनाएर अघि बढेको भन्दै पाठकले नेपाल सरकारको “सुखि नेपाली, समृद्ध नेपाल” नारालाई सार्थक बनाउनको लागि सामुदायीक वनको क्षेत्रबाट सबै प्रकारको सहयोग हुने बताईन् ।
वन क्षेत्रमा शुसासन कायम गर्नु, नेपालको सामुदायीक वनलाई विश्वमानै नमुना बनाउनु, वन क्षेत्रमा भएका छरपस्ट श्रोतलाई ब्यवस्थापन गरि उपभोक्ताको आयस्तर बढाउने क्रियाकलाप गर्नु आफुहरुको महत्वपूर्ण जिम्मेवारी भएको समेत उनको भनाई रहेको छ ।

सरकारले २०७१ सालमा स्थापना गरेको राष्ट्रपति चुरे कार्यक्रममा अर्बौ रुपैँया खर्च भएको भन्दै त्यहाको हिसावकिताव समेत सार्वजनिक गर्नुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रले चुरो दोहन रोक्नुपर्नेमा दोहन अझ बढाएकोप्रति उनले चिन्ता समेत ब्यक्त गरिन । पत्रकार सम्मेलनमा सामुदायीक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौँडा उपमहानगरपालिका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।