२९ असोज । युएफा नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा ईटाली विजयी भएको छ ।

नेसन्स लिग ए अन्तर्गत समूह ३ को खेलमा ईटालीले पोल्यान्डलाई १–० ले हरायो ।खेलमा ईटालीलाई विजयी गराउन क्रिश्चियानो बिरागीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।

यस्तै नेसन्स लिग बी को खेलमा रुसले टर्कीलाई २–० ले हराउँदा नेसन्स लिग सी का खेलमा ईजरायलले अल्बानियालाई २–० ले तथा मोन्टेनेग्रोले लिथुआनियालाई ४–० ले हराएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।