हेटौडा ६ मा रहेको भुलभुले टोल बिकास संस्थाको १४ औ बार्षिक साधारणसभा सोमबार समपन्न भएको छ । हेटौडा उपमाहानगरपालीका वडा न ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको साधारणसभामा वडा अध्यक्ष चौलागाईले भुलभुले टोलबिकाश संस्थाले नगरका बिभिन्न सरसफाईका कार्यक्रमहरुमा दखाएको सहभागीताको बारे चर्चा गर्नु भएको थियो ।

साथै उहाँले नजिकै आएको बिजयादशमी तथा दिपावली छडपर्बको सबै टोलबिकाश संस्थाका सदस्यहरुलाई शुभकामना समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका सचिब रामबहादुर पौडेलले सचिब प्रतिबेदन प्रस्तु गर्नु भएको थियो भने कोषाध्यक्ष रुपा तिमल्सिनाले दुई लाख छयानब्बे हजार नौ सय एघार रुपैयाँको आयब्याय पेश गर्नु भएको थियो । साधारणसभा भुलभुले टोल बिकाश संस्थाका अध्यक्ष रिपु प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।