प्रधानमन्त्री केपी शर्मा ओलीली नारायणहिटी पुगेर श्रीपेचको अवलोकन गरेका छन्।सोमबार बिहान साढै ११ बजे श्रीपेज अवलोकनका लागि प्रधानमन्त्री ओली नारायणहिटी पुगेका हुन्।नेपालमा राजसंस्थाको औपचारिक अन्त्यपछि राजाले पहिरिने उक्त श्रीपेच सोकेसभित्र राखिएको थियो। प्रधानमन्त्री ओलीले सोकेशभित्र राखिएको उक्त श्रीपेच अवलोकन गरेका हुन्।२९ कार्तिकमा सार्वजनिक प्रदर्शनी ल्याइने राजाले लगाउने श्रीपेच, बोक्ने राजदण्ड, रानीले लगाउने टायरा लगायतका सामाग्री आजै प्रदर्शनी कक्षमा रहेको बुलेटप्रुफ शोकेसभित्र राखिँदैछ।

बुलेटप्रुफ सोकेशभित्र राखिएको श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेपछि सार्वजनिक प्रदर्शनीमा ल्याइने छ।श्रीपेच, राजदण्ड, रानीले लगाउने टायरा, एउटा झारी, चमरसहितका सामग्री बुलेटप्रुफ शोकेसभित्र आजै राख्ने कार्यक्रम छ।राजतन्त्रसँग सम्बन्धित यी सामाग्री पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिनेछन्।सरकारले गत जेठमा श्रीपेच प्रदर्शनीको व्यवस्था मिलाउन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन समिति गठन गरेको थियो।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।