हेटौँडा,२९ असोज ।
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल विक्री भइरहेको छ । हालसम्म करिब दुई सय स्टल विक्री भइसकेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।

‘व्यापारिक तथा प्रवर्धनात्मक गरी हालसम्म ९० प्रतिशत स्टल बुकिङ भैसकेको छ, अन्य व्यापारीहरु पनि सम्पर्कमा आइरहेका छन्,’ उनले भने । कृषि र पर्यटन प्रवर्धन स्टलसहित महोत्सवमा २ सय ५० स्टल रहने छ ।
कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत स्टल बुकिङ भएको संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए ।
अटो तथा सवारीसाधन , होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स÷मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक , ट्याटु, बैंक तथा वित्तिय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनीका लागि स्टल बुकिङ भएको छ ।

उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो
महोत्सव स्थलमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहितको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा विक्री, जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, साँस्कृतिक कार्यक्रम तथा प्रहसनहरु, नेवारी परिकारहरुको विक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलहरुको प्रस्तुती रहने छ ।
महोत्सवको क्रममा अष्ट्रिच र उँटको नृत्य तथा उँट चढ्ने व्यवस्थासमेत मिलाइएको आयोजक संस्थाका उपाध्यक्ष शम्भुसिं कार्कीले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।