नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाचौ अधिवेशन बाट पूरी सर्वसम्मतीले निर्वाचित हुनुभएको हो । युनियनको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, नम्रता लामा, सचिवमा दिपु मिश्र, सहसचिवमा अस्मिता आले मगर, कोषाध्यक्षमा श्रीमति रमादेवी यादव, सदस्यहरुमा दिक्षित पौडेल, बिरु राना मगर, सुवास कोईराला, मन्दिप चौधरी, सागर हुमागाई, बसन्त आचार्य, धन वहादुर लामा, निलहरी न्यौपाने रहेका छन् ।

यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा शिव पूरी, रत्न अधिकारी, प्रभात कुमार झा, कल्पना पौडेल, लक्ष्मी बस्नेत, भरत आचार्य, प्रिमेश सिवाकोटी चयन भएको छ। यस्तै प्रदेश प्रतिनिधिमा जयप्रकाश यादव, संगम श्रेष्ठ, राजेश पौडेल, रामवावु यादव, नवराज देवकोटा, शत्रुधन खड्का, जनकराज भारती, जयमाला चौधरी, रंजन खरेल रहेका छन् । नव निर्वा्चित अध्यक्ष पूरीले पेशागत संगठनको हकहितका लागी युनियन सदैब सक्रिय रहने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी मानव अधिकार तथा शान्ति समाज रौतहटका अध्यक्ष रविन चन्द्र कोईरालाले पेसागत मार्यादा लाई उच्च बनाउन युनियन क्रियाशिल हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रिय मसहाचिव अजयवावु शिवाकोटीले प्रेस स्वतन्त्रताको रक्षा गर्नु पर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की, रोशन न्यौपाने, नेपाल प्रेश युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, टंक क्षेत्री, नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता