काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टारले महत्वपूर्ण ३ अंक बटुल्यो।

 

थ्री स्टारको जितमा पहिलो हाफको १४ औं मिनेटमा रन्जन बिष्ट र ८१ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गरे। रन्जन यसै सिजन एपिएफबाट थ्री स्टार आएका हुन्। फ्रेन्ड्सका लागि दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काएपनि हार टार्न सकेनन्।

खेलको सुरुवातबाट नै फ्रेन्ड्सलाई दबाबमा राखेको थ्री स्टारले पाएका केही सुन्दर अवसरलाई भने सदुपयोग गर्न सकेन। त्यस्तै फ्रेन्ड्सले पनि गोल गर्न पाएका केही अवसर सदुपयोग गर्न सकेन्। प्रतियोगितामा आजै नेपाल पुलिस क्लब र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।