हेटौँडा,२५ असोज ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले २५ औ विश्व शिक्षक दिवश एवम् विजया दशमी तथा शुभदीपावली को अवशर पारी शुभकामना आदानप्रदान तथा एकदिने अगुवा शिक्षक प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।

हेटौंडा क्याम्पस हेटौंडा को सभाहलमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध अगुवा शिक्षक नेताहरुलाई संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्यता तथा अगुवाईमा एकदिवशीय नेतृत्व विकास तालिम सम्पन्न गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो । तालिममा अध्यक्ष शर्माले केन्द्रीय नीति तथा निर्देशन बारे जानकारी दिदै शिक्षकले अगुवाईका निम्ति खेल्नुपर्ने भूमिकाका विषयमा समेत प्रष्ट्याउनु भएको थियो ।

जिल्ला अध्यक्ष श्रीराम दहालको अध्षक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा तालिम कार्यक्रममा केन्द्रीय सदस्य पद्मा पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला कमिटिका सम्पूर्ण पदाधिकारी, जिल्लाका नौ वटै पालिका स्तरका संगठन कमिटिका पदाधिकारी एवम् सदस्यहरु, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका पूर्व अध्यक्ष पूर्ण पुरी, लगायतकाको उपस्थिति रहेको थियो ।
जिल्ला सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उपाध्यक्ष लक्ष्मी गजुरेलले स्वागत तथा किशोर बर्तौलाले धन्यवाद ज्ञापन गर्नुभएको संस्थागत विद्यालय प्रमुख सचिन लामाले जानकारी दिनुभयो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।