हेटौँडा,२५ असोज ।
हेटौँडा ४ मा रहेको दाजुभाई फास्टफुडले विजय युथ क्लबलाई २० हजार रुपैँयाको जर्सि तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

चितवनको भण्डारामा जारी राप्ति गोल्डकपमा सहभागि हेटौँडेली टिमको लागि दाजुभाईले जर्सि तथा खेल सामग्री हस्तान्तरण गरेको विजय यूथको टिम कोच सुविन घिमिरेले बताए ।

मकवानपुरबाट विभिन्न गोल्डकप खेल्दै आएको विजय यूथ आज भण्डारामा हुने राप्ति गोल्डकपमा रामफुर एफसी सँग क्वाटरफाईनल खेल खेल्दैछ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।