हेटौँडा,२५ असोज ।
सरकारी लगानीमा निर्माण भएको मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ मक्रान्चुलीमा रहेको एकमात्र फुटसल खेल मैदानमा गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

हेटौँडाको न्युज क्लब नेपालमा पत्रककार सम्मेलनको आयोजना गरि फुटसल प्रतियोगिताको आयोजक गढी स्टार क्लबले प्रतियोगिता असोज २७ गतेबाट हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष राजु दुलालले प्रतियोगितामा गाउँपालिका भित्रका १४ वटा टिमको सहभागिता हुने बताए ।
प्रतियोगितामा प्रथम हूनेलाई ३० हजार सिल्ड प्रमाण पत्र दोश्रो हूने टिमले २० हजार र तेश्रो हूने टिमले १० हजार पूरस्कार प्राप्त गर्ने उनको भनाई रहेको छ ।
मकवानपुर गढीमा फुटसल मैदान निर्माण भैसकेको कारण त्यस मैदानको सदुपयोग गर्न तथा फुटसलको विषयमा जानकारी दिने उदेश्यले समेत प्रतियोगिताको आयोजना गरिएको उनको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।