हेटौँडा,२५ असोज ।
प्रहरी चौकी भैँसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवैध चाँदीका मुर्ति एवं गहनासहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं २ स्थित सडकमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५२ प ९७०५ नंबरको मोटरसाइकललाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा अवैध चाँदीका मुर्ति एवं गहना फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सिटमुनी भन्सार छली ल्याएको अबैध चाँदिको लक्ष्मीको मुर्ती ६१ वटा, गणेशको मुर्ती ६३ वटा र पाउजु २ जोर गरी जम्मा ४ किलो ९०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको जनाइएको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्साका २८ वर्षीय दिनेशकुमार सर्राफ र पछाडी सवार ३१ वर्षीय सुनिल कुमार सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले जानकारी दिए

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।