हेटौँडा,२५ असोज ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ मा रहेको सत्य ओम बाबा आरोग्य आश्रमले सस्थाका अध्यक्ष ओम प्रकाश श्रेष्ठ ( ओम बाबा) माथि लागेको आरोप सत्य नभएको भन्दै आपत्ती जनाएका छन् ।

आज हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै आश्रमका उपाध्यक्ष सुर्यबहादुर स्याङ्तानले ओम बाबालाई लगाईएको आरोपप्रति घोर भत्र्सना गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै सस्थाका सचिव राजदेव लामाले आश्रममा मृत्यृ भएको भनिएकी साबित्री पुडासैनीको विषयलाई लिएर मिडियामा आएको समाचार गलत भएको दाबी गरे । आश्रममा झारफुक गर्ने, मन्छाउने, पन्छाउने, औषधी खुवाउने कुनैपनि काम नहुने भन्दै उनले मृतक पुडासैनीको मृत्यु आश्रममा नभएको दाबी समेत गरे । उनले त्यस दिनको घटना सिसिटिभिको फुटेजमा समेत रहेको भन्दै उनको चरित्र हत्या हुने खालको समाचार संप्रेशण नगर्न समेत आग्रह गरे । मृतक पुडासैनी २०७२ सालबाट आश्रममा नियमित सम्पर्कमा रहेको भन्दै सचिव लामाले यदि आश्रममा गलत गतिविधि हुने भएको भए उनले पहिलेनै भन्न सक्ने भन्दै प्रश्न समेत गरे ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सचिव लामाले आश्रमको हिसावकिताव नियमित अडिट हुने गरेको भन्दै आवश्यक परेको अवस्थामा उपलब्ध गराउन सकिने स्पष्ठ पारे । आफुहरुले उद्योग तथा सावर्जनिक जग्गा कब्जा गरेको भन्ने हल्ला भ्रमपूर्ण रहेको भन्दै यस्तो भ्रम नछर्न समेत सबैलाई आग्रह गरे ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।