सरकारी वकिलको कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई कार्यालयबाटै पक्राउ गरेको हो।

कार्यालयमै घुस लिने गरेको विशेष सूचनाका आधारमा उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालले बताएका छन्।ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाे बताइएकाे छ। उनका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।