नियमित रूपमा विद्याध्यनमा लाग्ने व्यक्ति नै विद्यार्थी हुन् वा भनौ शिक्षण संस्थामा अध्ययनरत व्यक्ति नै विद्यार्थी हो । आजका विद्यार्थी नै भौलिका राष्ट्रका गहना हुन् । आजका असल विद्यार्थी भोलिका सफल नेता, प्रहरी, वैज्ञानिक, प्राध्यापक, वकिल, पत्रकार र कर्मचारी हुन् ।

राजनीति भन्ने शब्दले राज्यको नीति भन्ने अर्थ बुझाउ“छ । राज्यको नीति भनेको राज्यको शासन व्यवस्था सम्बन्धी नीति हो । अर्थात् राज्य सञ्चालन प्रणाली हो । पढाइ लेखाइमा संलग्न व्यक्ति विद्यार्थी र देशको राज्य सञ्चालनमा उपयोग हुने सिद्धान्त चाहि ‘राजनीति’ भएकोले विद्यार्थी र राजनीति फरक–फरक विषय हुन् । विद्यार्थी र राजनीति फरक–फरक विषय भएर पनि यी दुई बिच साठगा“ठ देखिएको छ ।अध्ययन मननमा तल्लीन भएर राजनीतिको रहस्यमय पत्रपत्र पल्टाउनु पर्ने विद्यार्थी सङ्गठन नेताकै किचेन कयाविनेटमा रुमलिंदै छन् । मुलुक परिवर्तनका संवाहक विद्यार्थी सङ्गठनहरू आङ्खनो पद खुस्कने डरले गलत कुराको खुलेर विरोध गर्न डराउ“छन् । सामाजिक वेचेति होस् वा शैक्षिक क्षेत्रमा देखिएका चरम अनियमितता होस् विद्यार्थी सङ्गठन र तीनका नेताले वकालत गर्नुपर्दछ । हिजो जनआन्दोलनमा गणतन्त्रका लागि सडकमा कफन बाधेर उत्रने विद्यार्थी सङ्गठन, राष्ट्रियता र स्वाधिनताको विषयमा होस् वा शैक्षिक क्षेत्रको बेथितिमा ‘आगो ओकल्ने’ विद्यार्थी सङ्गठन आङ्खनो आन्दोलनमा चुक्दै गइरहेको छ ।यिनै विद्यार्थी सङ्गठनका नेताहरूलाई सात प्रश्न :

१. माग्नुपर्ने राजिनामा आइजिपिको कि गृहमन्त्रीको ?
सत्तारुढ दल नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले निर्मला पन्तको बलात्कारी हत्यारालाई कारवाही गर्न नसकेको भन्दै प्रहरी प्रमुख सर्वेन्द्र खनालको बर्खातीको माग गरे । यति शक्तिशाली दुई तिहाई सरकारको गृहमन्त्री जिम्मेवार छैनन् र ? नैति रूपमै राजिनामा दिनुपर्ने गृहमन्त्री राम ब. थापा बादलको राजिनामा माग्न किन सक्दैन विद्यार्थी सङ्गठन ? के विद्यार्थी सङ्गठनको दिमागमा बादल लागेकै हो त ?

२. प्रश्नपत्र बाहिरिदा किन मौन विद्यार्थी सङ्गठन ?
विश्वकै उत्कृष्ट विश्वविद्यालय मध्ये एक त्रिभुवन विश्वविद्यालयको गएको शिक्षाशास्त्र संकायको पहिलो सेमेष्टरको परीक्षामा प्रश्न पत्र आउट भएको व्यापक चर्चा भयो । गरिब दुरदराजको विद्यार्थी अध्ययन गर्ने त्रि.वि.को गरिमा माथि प्रश्न उठिरहेको बेला कुन विद्यार्थी सङ्गठनको लेटरप्याडमा विरोधको विज्ञप्ती आयो ? हिजाको दिनमा शैक्षिक मुद्दामा ‘ज्वाला ओकल्ने’ विद्यार्थी सङ्गठनहरू निज प्राध्यापकलाई वर्खास्त गर्नुपर्छ भनेर किन आन्दोलन गर्न सक्दैन । के विद्यार्थी सङ्गठनहरूको स्वर सुकेकै हो त ?

३. प्रदेशस्तरीय किन हुँदैन परीक्षा नियन्त्रण कार्यालय ?
त्रि.वि.बाट आङ्खनो अध्ययन पुरा गरेर रोजगारीको शिलशिलामा आङ्खनो कर्मथलो जानुपर्ने विद्यार्थीहरूको ट्रान्सक्रिङ्खट बनाउन किन महिनौ लगाउ“छ परीक्षा नियन्त्रण कार्यालय ? समयमा ट्रान्सक्रिङ्खट नपाएकै कारण रोजगारी फुस्केको, बढुवा रोकिएको, दुरदराज गाउ“बाट आएका विद्यार्थीको काठमाडौंको महङ्गी बसाई जस्ता समस्या देख्दा र देश संघीयतामा गइसकेको अवस्थामा प्रदेशस्तरीय परीक्षा नियन्त्रण कार्यालय खोल्न किन दवाव दिन सक्दैन विद्यार्थी सङ्गठन ?

४. नेतृत्व चयनमा सक्षमता की नेताको आर्शिवाद ?
ने.वि.संघको १२ औं महाधिवेशन नजिकिदैछ । छ वटा गुटको १२ जना उम्मेदवार सभापतिको दौडमा छन् । देउवाको प्यानलमै सकस, सिटौला प्यानलले टुङ्ग्यायो उम्मेदवार, सभापति आङ्खनो टिमलाई चाहिने पौडेलको माग । जस्ता समाचार कतिन्जेल सुन्ने ? यता अखिल क्रान्तिकारी र अनेरास्ववियु बिच सङ्गठन एकता भएर एक भइसक्दा पनि किन छुट्टा छुट्नै लेटर प्याडको प्रयोग ? किन नेतृत्व चुन्न सक्दैन ? नेताको आर्शिवाद र तथास्तुको पर्खाइमा किन नेतृत्व ? तीनवटा विषयमा डिग्री र एल.एल.वी. पास र विज्ञ त्यसकारण नेतृत्व । प्रखर वक्ता र लामो समय सङ्गठनमा योगदान त्यसकारण नेतृत्व, जनआन्दोलनमा कपन बाधेर सडक तताएको । नियमित विद्यार्थी त्यसकारण नेतृत्व किन भन्न सक्दैन विद्यार्थी सङ्गठनका नेताहरू ।

५. उमेर हद र नियमित विद्यार्थी हुनुपर्ने विधान किन बनाउन सक्दैन विद्यार्थी सङ्गठन ?
स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्ष हदबन्दी लगाइसके पनि सङ्गठनको नेतृत्व भने काका विद्यार्थीहरू गरिरहेका छन् । केन्द्रीय कमिटीमा किन उमेर हदबन्दी लगाउन सक्दैन विद्यार्थी सङ्गठन ? ने.वि.संघले भर्खरै मात्र ३२ वर्षे उमेर हदबन्दी लगाएको छ । यस्तै उमेर हदबन्दी अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अन्य सङ्गठनमा किन लगाउन सक्दैन ? देशका ठूला विद्यार्थी सङ्गठनहरू आङ्खनो केन्द्रीय कमिटीमा रहेका नेताहरू नियमित विद्यार्थी हुन् कि होइनन् भने किन छानविन गर्न सक्दैन ? केन्द्रीय कमिटिमा बस्न अनिवार्य विद्यार्थी हुनुपर्ने विधान किन बनाउन सक्दैन विद्यार्थी सङ्गठन ?

६. गुणस्तरीय शिक्षा कि राजस्वको खोजी ?
त्रि.वि. अन्तर्गत कानुन संकायको एल.एल.बी. प्रथम वर्षमा झण्डै ११ हजार विद्यार्थी भर्ना भए । १० करोड माथि राजस्व जम्मा भयो । ३०० विद्यार्थी पढाउन सक्ने क्षमता भएको ल क्याम्पसमा ११ हजार विद्यार्थी एउटै कक्षामा भर्ना गर्नु शिक्षामा गुणस्तर की राजस्व उठाउने काम ?

७. महङ्गीले ढाड सेक्दा किन बोल्दैन संयुक्त विद्यार्थी सङ्गठन ?
दशै, तिहार, छठ लगायतको चाडपर्वको आगमनस“गै बजार भाउ ह्वातै बढेको छ । १ रूपैया“ पेट्रोलको भाउ बढ्दा सडकमा रगतको खोला बगाउने विद्यार्थी सङ्गठनका नेताहरू महङ्गी नियन्त्रण गर्न सरकारलाई अनुगमन टोली बनाएर कडाइको साथ बजार अनुगमन गर्न किन दबाब दिन सक्दैन विद्यार्थी सङ्गठन ?

लेखक  सञ्जय कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका विद्यार्थी नेता हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।