
कञ्चनपुर- निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अपराधी पत्ता लगाउन माग गर्दै जारी धर्ना स्थगित गरिएको छ । दसैंसम्मका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको नागरिक संघर्ष समिति संयोजक मिना भण्डारीले बताइन् ।
उनले पर्वमा घर फर्किनेहरूलाई असहज हुने र व्यवसाय पनि प्रभावित हुने भएकाले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताइन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्