हेटौँडा,२३ असोज ।

प्रदेश नंबर ३ को स्थायी राजधानीको लागि हेटौँडाको सम्भाब्यता बढेको छ । राजधानी अध्ययन प्रतिवेदन समितिले सोमबार प्रदेशसभामा अध्ययन प्रतिवेदन बुझाएपछि हेटौँडाको संभावना एकाएक बढेको हो ।

समितिक संयोजक दिपक निरौलाले मकवानपुर सहित चितवन, भक्तपुर नुवाकोट र काभ्रे राजधानीको लागि उपयुक्त भएको भन्ने प्रतिवेदन पेश गरेका थिए । तर प्रतिवेदनमा उक्त जिल्लाको बस्तुगत अवस्थाको विषय, भौतिक पुर्वाधारको अवस्थाको समेत प्रतिवेदनमा उल्लेख रहेको छ । जसको आधारमा मकवानपुरको हेटौँडाको संभावना बढेको उच्च श्रोतको दाबी रहेको छ ।

काठमाण्डौँबाट सञ्चालनमा रहेको काठमाण्डौँ खबरले प्रदेश नंबर ३ का कांग्रेस सांसद न्हुच्छेमान श्रेष्ठको भनाईलाई आधार मान्दै लेखेको छ “ धेरै सम्भावना हेटौँडा नै हुने देखिन्छ । धेरै ठाउँको सम्भावना देखाइए पनि सबै कुरालाइ मध्यनजर गर्दा राजधानी भनाईलाई नै हुनेछ । ” खबरब्रेकसँग कुरा गर्दै काठमाण्डौँ तथा ललितपुरका सांसदहरुले पनि हेटौँडानै राजधानी हुनुपर्ने बताएका छन् । राजधानीको विषयमा प्रतिक्रिया दिँदै काठमाण्डौँ उपत्यकाबाट प्रतिनिधित्व गर्ने एकजना नेकपाको सांसदले भने “हामीले अहिलेनै राजधानी हेटौँडा हुनुपर्छ भन्दै हिडन नमिल्ने तर राजधनीको लागि सबै हिसाबमा हेटौँडा उपयुक्त छ भन्ने हाम्रो निश्कर्ष हो, आवश्यक परेको दिनमा खुलेर हेटौँडाको लागि भाषणनै गर्न पनि तयार छौ ।”

हेटौँडालाई स्थायी राजधानी बनाउनको लागि दुई तिहाई मत रोके पुग्छ । त्यसो त नेकपाको सरकार रहेको प्रदेश नंबर ३ मा नेकपाको दुई तिहाई मत छ । अझ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितका अन्य दलहरु पनि हेटौँडा राजधानी हुने विषयमा सकारात्मक रहेका छन् ।

मकवानपुर राजधानी काठमाण्डौँबाट नजिक रहेको, हेटौँडाबाट काठमाण्डौँको लागि आधा दर्जन भन्दा धेरै छोटा सडकहरु स्तरोन्ती हुने क्रममा रहेको, फास्ट ट्रायाकको काम द्रुत गतिमा भएको, धरान चतरा सडक खण्डको काम अबको एक वर्षमा सकिने, कान्तिलोकपथमा पनि ८० प्रतिशत काम पुरा भएको अवस्थामा प्रदेश नंबर ३ को १३ जिल्लाबाटै हेटौँडा आवतजावत गर्न अव निकै सहज हुने भएकोले पनि राजधानीको लागि हेटौँडालाई सहज भएको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।