काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । उनले मंगलबार अपरान्ह पत्रकार सम्मेलन आयोजना गरेर प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनको राजीनामाको घोषणासँगै ने क पाका प्रभावशाली नेता वामदेव गौतमका लागि चुनावी प्रतिष्पर्धा गर्ने बाटो खुलेको छ । यसअघि उनी बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।