पर्सा जिल्लामा हेटौंडाको बानियाँ निर्माण कम्पनीले जिम्मा लिएको हुलाकी सडकको निर्माण कार्यमा कमशल गुणस्तरको निर्माण सामाग्री प्रयोग भइरहेको छ । जिल्लको जीराभवानी गाँउपालिकाको चमरी टोल देखि ठोरीको चौतारा सम्म ३० किलो मिटर हुलाकी सडक निर्माणको ठेक्का लिएको हेटौंडाको बानिया जेभी कन्ट्रक्सनले गुणस्तरहिन सामान प्रयोग गरेको स्थानीयहरुले बताएका छन् ।

कालिका बानिया जेभी कन्ट्रक्सनले हुलाकी सडक निर्माणमा गुणस्तरहीन निर्माण समाग्री प्रयोग गरिरहेको हो । जीरभवानी गाँउपालिका वडा नम्बर १ गम्हरीया गाँउमा सडक छेउको नाला निर्माण कार्यमा ठेकेदारले दुइ नम्बर इट्टाको प्रयोग गरिरहेको फेला परेको छ ।

सम्झौतामा नाला निर्मणमा एक नम्बर इट्टा प्रयोग गर्नु पर्ने उल्लेख भएपनि ठेकेदारले नाला निर्माणमा दुइ नम्बर इइटाको प्रयोग गरिरहेको फेला परेको भारतीय कन्सलटेन्ट इन्जिनियर अतुल चाचानले बताए । नाला निर्माणको मंगलबार स्थलगत निरिक्षणका क्रममा दुइ नम्बरको इट्टा प्रयोग गरिएको फेला परेको भन्दै इन्जिनियर चाचानले कमशल गुणस्तरको इट्टा प्रयोग गरिएको नाला भत्काएर अर्को नाला निर्माण गर्न ठेकेदारलाइ निर्देशन दिने बताए ।यसअघि पनि ठेकेदारले ठोरी गाँउपालिकाको विजयवस्तिमा कमशल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयवासीले केहि दिन सडक निर्माणको काम रोकीदिएका थिए ।गुगलपाटि बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।