फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन् ।फिजीको निर्वाचनका पर्यवेक्षक मोहमद सनिमले सोमबार मतदाता नामावलीमा ३ लाख १६ हजार ४३१ महिला र ३ लाख २१ हजार ९६ जना पुरुषले मतदाताका रुपमा दर्ता गरेका बताएका छन ।

त्यसैगरी विदेशमा रहेका ७ हजार ९७० फिजीका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका सरकारद्धारा सञ्चालित एक रेडियोलाई उद्धृतगर्दै सनिमले बताएका हुन ।सो निर्वाचनको लागि ७ लाख ६४ हजार ९०० मतपत्र छपाइएको पनि सनिमले थप जनाकारी दिएका छन। मतदानका लागि ८५४ मतदान केन्द्र स्थापना गरिने बताइएको छ ।फिजीमा पछिल्लो पटक सन् २०१४ को आमनिर्वाचन भएको थियो । आसन्न निर्वाचनको व्यापक तयारी भइरहेको फिजीको निर्वाचन आयोगले जनाएको छ । एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।