सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका रावललाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका छन्।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ बाट विजयी प्रदेश सांसद हुन्। रावलको नियुक्तिसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ । उनी राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीकी मायादेवी भट्ट मन्त्री रहेकी छन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।