file photo

पूर्ण सरकारी लगानीमा धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडक एक सातामा चार किलोमिटर कालोपत्रेभएकोछ । असोज १४ गतेदेखि कालोपत्रेसुरु भएकोहो। वाग्मती गाउ“पालिका–८ स्थित न्युरनीदेखि शान्तिपुरसम्म ४ किलोमिटर पिच भइसकेको छ ।हेटौंडा–सिन्धुली अर्थात् पश्चिमी खण्डकोफापरबारी क्ष्ँेत्रबाट कालोपत्रेसुरु गरिएकोछ । सडकको११ मिटर चौडाइमा गर्ने कालोपत्रे१० सेन्टिमिटर बाक्लोरहने पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए । चालु आवमा पश्चिमी क्षेत्रतर्फ कम्तीमा ७० किलोमिटर कालोपत्रे गर्ने आयोजनाकोलक्ष्य छ । पुलहरू बनाउने काम पनि धमाधम भइरहेकोछ भनेकेही स्थानमा सडकलाई चौडा बनाउनेकार्यले पनि तीव्रता पाएकोछ । धरान–चतरा सडककोपूर्वी खण्डमा पनि दसंैसक्नेबित्तिकै कालोपत्रेगर्न सुरु गर्ने जनाएकोछ । योचालु आवमा पूर्वी खण्डमा २५ किलोमिटरमात्र कालोपत्रेगर्ने योजना रहेकोपूर्वी खण्डका इन्जिनियर रामदेयार चौधरीेलेबताए । धरान–चतरा– हेटांैडाका दुवैखण्डमा चालु आवमा ९५ किलोमिटर पिच हुनेआयोजनाले जनाएकोछ । पश्चिमी क्ष्ँेत्रकोहेटौंडा
उपमहानगरपालिकाकोगौरीटारदेखि वाग्मतीस्थित फापरबारीका विभिन्न भागमा घरगोठ अधिग्रहण गरिनसकेकालेसडक विस्तार गर्ने कार्यलेगति लिन सकेकोछैन ।
खासगरी गौरीटारदेखि फुर्केचौरसम्मकोसडक खण्डकोदुवैतर्फ घरगोठ छन्। ‘क्ष्ँतिपूर्तिको कुरा नटुंगिएकालेनिर्माण कम्पनीलेसडक चौडा गर्न पाएकोछैन,’ पश्चिमी क्ष्ँेत्रका आयोजना प्रमुख रानाभाटलेभने,‘क्ष्ँतिपूर्तिको कुरा टुंगिएपछि यस क्ष्ँेत्रमा आयोजनाको निर्माणलेगति लिनेछ ।’ हेटौंडा उपमहानगरपालिका–६ को गौरीटारदेखि फापरबारीसम्म ८ सय ६७ वटा घरगोठ सडक सीमाभित्र पर्छन्। उक्त घरगोठ भत्काएर क्ष्ँतिपूर्ति दिनेरकम पनि भवन प्रविधि तथा तालिम केन्द्रलेनिर्धारण
गरिसकेकोछ । संरचना भत्काएर क्ष्ँतिपूर्ति उपलब्ध गराउनेप्रक्रियामा जा“दैछौं आयोजना प्रमुख रानाभाटले भने। ८ सय ६७ वटा घरगोठकोक्ष्ँतिपूर्ति आयोजनाले८१ करोड रुपैया“ उपलब्ध गराउनुपर्ने देखिएकोछ । ३ सय १८ किलोमिटर लामोधरान–चतरा–हेटौंडा सडकलाई २ खण्डमा विभाजित गररे निर्माण कार्य सुरु गरिएकोछ ।
निर्माणाधीन धरान–चतरा–गाईघाट–सिन्धुली– हेटौंडा सडक करिब २२ अर्बकोलगानीमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । तीव्र गतिमा निर्माण कार्य अघि बढेको छ । कुल आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेकोछ । पुलको४० प्रतिशत काम सम्पन भइसकेकोछ । लोजार, माझी र कालीखोलाकोपुल निर्माण भइसकेको छ । पश्चिमी क्ष्ँेत्रमा ३३ वटा पुल पर्छन्। त्यसमध्ये ३ वटा सम्पन्न भइसकेको छ । १२ वटा पुलको७० प्रतिशत काम भइसकेको आयोजनालेजनाएकोछ ।
मकवानपुरमा १२ वटा र सिन्धुलीमा २१ वटा पुल पर्छन्। करिब एक वर्षको बीचमा ३३ वटैपुल निर्माण गरिसक्नेआयोजनाले दाबी गरको े छ । सडक निर्माणमा १ सय १५ किलोमिटरमध्ये७० किलोमिटर लम्बाइ टेवा पर्खाल, नाली कजवेनिर्माण गरिसक्नुका साथै ११÷११ मिटर चौडा बनाइसकेकोछ । ‘७० किलोमिटर सडक कालोपत्रेगर्नका निम्ति तयारी अवस्थामा राखिएकोछ,’ आयोजना प्रमुख रानाभाटलेभने, ‘अब पिच धमाधम हुन्छ ।’ पिच गर्नका लागि फापरबारी क्ष्ँेत्रमा
प्लान्ट पनि जडान गरिसकिएको छ । उक्त प्लान्टलेप्रतिघण्टा २० ट्रकभन्दा बढी पाकेको अलकत्रा उत्पादन गर्छ । धरान–चतरा–हेटौंडा सडकलाई सफल आयोजनाका रूपमा लिइएकोछ । हेटौंडादेखि सिन्धुलीसम्मको१ सय १५ किलोमिटर लामो पश्चिमी खण्ड र सिन्धुलीदेखि धरानसम्मको १ सय ३४ किलोमिटर लम्बाइ रहेकोपूर्वी खण्डमा विभाजित गररे निर्माण कार्य अगाडि बढाएकोछ । हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुलपुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजनाकोकार्यालय स्थापना गरिएकोछ भनेपूर्वी क्ष्ँेत्रकोगाईघाटमा
आयोजनाकोकार्यालय राखिएकोछ । धरान–चतरा–हेटौंडा सडकको मध्यभागबाट १५÷१५ मिटरभित्र पर्ने घरगोठलगायत भौतिक संरचनाकोक्ष्ँतिपूर्ति
आयोजनालेउपलब्ध गराउनेव्यवस्था छ । उक्त आयोजनालेजग्गाकोरकम उपलब्ध नगराउनेर घरगोठकोक्ष्ँतिपूर्ति दिनेनीति रहेकोछ । उक्त सडकमार्गकोट्र्याक खोलेर कैयौं क्ष्ँेत्रमा नाली, तटबन्ध निर्माण गररे कालोपत्रेगर्नमात्र बा“की छ । सडक सीमाभित्र पर्ने घरगोठकोक्ष्ँतिपूर्ति उपलब्ध गराएर सडक चौडा गर्ने कार्य केही खण्डमा विलम्ब भएकोछ भनेकेही ठाउ“मा सडकको एलाइमेन्ट नैपरिवर्तन गर्नुपर्ने देखिएकोछ । २०७२ चैत २९ गतेकोराजपत्रमा सहायक सडक मार्ग तोकेर सडकको मध्यभागबाट दाया“बाया“ १५÷१५ मिटर सडक सीमा उल्लेख गरको े छ । सरकारलेउक्त सडकलाई प्रँथमिकताकोआयोजनामा राखेर चालु आवका निम्ति ३ अर्ब रुपैया“ विनियोजित गरको े छ । धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडककोट्र्याक ओपन गर्ने कार्य गत वर्षमा नैसम्पन्न भइसकेकोछ । सडकलाई
फराकिलोपार्ने, कजवेबनाउने, लिटिनिङ वाल निर्माण गर्ने कार्य पनि भइरहेका छन् भने आधा दर्जन वटा पुलको निर्माण कार्य पनि सम्पन्न भइसकेकोछ पश्चिमी क्ष्ँेत्रका आयोजना प्रमुख रानाभाटलेभने, ‘निर्माण कार्यले तीव्रता पाएको छ ।’ तीन वर्षभित्र ११ मिटर चौडाइकोदुई लेनकोसडक निर्माण गर्ने गरी सुरु भएकोयोजनालेनया“ ट्र्याक खोलेर कालोपत्रेगर्न थालिसकेकोआयोजना प्रमुख रानाभाटलेबताए ।
पश्चिम खण्डमा कालिका, स्वच्छन्द र राकेन जेभी कम्पनीलेनिर्माण कार्यकोठेक्का
लिएका छन् भने पूर्वी खण्डका निम्ति लामा, शर्मा र रसुवा जेभी कम्पनीलेसडक निर्माण गर्ने जिम्मेवारी पाएका छन्। तोकिएको समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले१० प्रतिशत बोनस पाउने
व्यवस्था गरिएकोछ । तोकिएकोसमयमा काम नसक्ने कम्पनीले १० प्रतिशत हर्जाना
व्यहोर्नुपर्ने व्यवस्था छ । ‘बोनस र हर्जानाको व्यवस्थ्ाँ गरिएकोनेपालकोयोएकमात्र सडक आयोजना हो,’ पश्चिमी क्ष्ँेत्रका आयोजना प्रमुख रानाभाटलेभने, ‘योआयोजनाको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न भएर कालोपत्रेपनि हुन्छ ।’ आयोजनालेसाइट क्याम्प तथा निर्माण सामग्री प्रयोगशालासमेत
स्थापना गरी काम गरिरहेकोछ । उक्त सडककोपश्चिमी खण्डकोसिन्धुलीमा ६६ र
मकवानपुरमा ४८ किलोमिटर पर्छ । उक्त सडकको पश्चिमी खण्डतर्फ ३३
वटा पुल निर्माण र पूर्वी खण्डमा ४२ वटा पुल निर्माण गर्नुपर्छ । यस आयोजनामा ७५ वटा पुल निर्माण गर्नुपर्छ । भित्री मधेसबाट राजधानी छिचोल्नेसफल वैकल्पिक मार्गका रूपमा विकसित गरिएकोउक्त मार्गबाट तराई जिल्लालाई नछोई राजधानी पुग्न सकिन्छ र दूरी पनि छोटोछ । ‘आगामी २ वर्षभित्र धरान–चतराकोसडक १८ महिनाभित्रमा कालोपत्रेभइसक्छ,’ आयोजना प्रमुख रानाभाटले भने, ‘योसडकको निर्माणकोनिम्ति सरकारलेउच्च प्राथमिकतादिएका कारण अब १८ महिनाभित्र सडकमा सवारीसाधन गुड्न थाल्छन्।’
आव २०६४÷२०६५ देखि सुरु भएको उक्त योजनामा सरकारलेबर्सेनि ८ करोडदेखि २५ करोड रुपैया“सम्म बजेट विनियोजन गर्दै आएकोथियो। तर योवर्ष ३ अर्ब रुपैया“ बजेट विनियोजन गरको े छ । पिचदेखि लिएर पुलहरूकोनिर्माण कार्य गर्न ठेक्का भएर पनि काम सुरु भइरहेकोछ । भित्री मधेसका चार जिल्ला मकवानपुर– सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पु¥याउने उक्त सडकलाई दुई लेनको बनाउने कार्य भइरहेकोछ ।
धरान–चतरा सडक मकवानपुरमा ४९ दशमलव ३५, किलोमिटर, सिन्धुलीमा १ सय ३९ दशमलव नौसय २५ मिटर, उदयपुरमा १ सय १० दशमलव ३३ र सुनसरीमा १८ दशमलव ८ किलोमिटर पर्छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।