स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सि.के राउत अाईतबार जिल्ला अदालत गौर, रौतहटमा पुरानो मुदाको शिलसिलामा तारिक लिन आएको समय प्रहरीले उनका ४ बर्षीय छोरी रेवा राउत सहित १२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

डा. राउतको स्वागतमा स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरूले भव्य मोटरसाइकल रैलीको साथ चपुर देखि सदरमुकाम गौर सम्म विभिन्न नाराका साथ आएको थिए । जिल्ला अदालत भित्र तारिक लिएर संयोजक राउतले मधेशी क्रान्ति चौकमा एउटा कार्यक्रम गर्न घोषणा समेत गरेको थिए . सोही क्रममा अदालतको गेटबाट नै रौतहट प्रहरीले पक्राउ थियो ।

आफ्नो नेतालाई छुटाउन समर्थकहरू शान्तिपूर्ण जिल्ला प्रहरी कार्यालयको गेटमा धर्ना दिई रिहाइको माग गरिरहेको अवस्थामा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्ज पछि दर्जनौं समर्थक घाइते बनेको छ भने डा.राउतसँगै उनकी ४ बर्षीय बेकसुर छोरी समेत प्रहरीको हिरासतमा रहेको छ ।

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता