नेपाल को लागी आधिकारिक बिक्रेता भि जि अटोमोबाइल्स प्रा.ली . ले जपानीज ब्रान्ड सुजुकीका बाइक तथा स्कूटर नेपाली बजारमा बिक्री बितरण गरेको कुरा सबैलाइ अवगत नै छ | सुजुकी ब्रान्ड का बाइक तथा स्कूटर निकै नै नेपाली बजार मा लोकप्रिय रहेको छ |

जापानीज इंजिन बलियो , स्टाइलिस र कम्फोटेबल रहेको स्कूटर र बाइकमा बिजया दशमी तथा दीपावली लाइ मध्येनजर गरी यही २०७५ असोज २१ बाट असोज २७ सम्म नेपालभरिका ३४ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याप संचालन मा आउने भएको छ | यो क्याप मा कुनैपनी कम्पनी का पुराना बाइक तथा स्कूटर संग नया सुजुकी का बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटर को बजार प्रचलित भ्यालुएसन भन्दा थप १५००० भ्यालूएसन कम्पनिले ग्राहक लाइ प्रदान गर्नेछ | सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यास मा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ |

सुजुकी मेघा एक्सचेन्ज क्यामले दशै को समयमा पुराना बाइक तथा स्कूटर चढने ग्राहक को लामो दुरी यात्रा गर्दा यात्राको क्रममा बाटोमा दुख सास्ति तथा बाइक बिग्रने समस्या हुने हुनाले हामीले बजार प्रचलित मूल्य भन्दा थप १५००० भ्यालुएसन गरेको कुरा सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइराला ले जानकारी दिनु भयो र सबै बाईका तथा स्कूटर चढने ग्राहकलाइ एक्चोटी सुजुकी का शोरुम भिजिट गरी आफ्नो पुरानो बाइक तथा स्कूटर को भ्यालुएसन गराउनु हुन र थप १५००० भ्यालू बजारमूल्य भन्दा बढ़ी लिनूहूँ अनुरोध गर्दछु भनेर कोइराला ले बताउनु भयो |

त्यस्तै सुजुकी मेघा एक्चेन्ज क्याम्प भरी नेपाल भरी ३४ शोरुम बाट असोज २१ देखि २७ सम्म पुराना लिएर नया बाइक तथा स्कूटर दिएर १००० एक्सचेन्ज गरिने लक्ष्य लिइएको भि जि सुजुकी का सेल्स हेड सन्तोष थापाले बताउनु भयो साथै बिजया दशमी तथा दीपावली लाइ लक्षित गर्दै हाम्रो स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा ८००० र स्कूटर मा १०००० छुट साथै १० जना लाइ बम्परमा जापान भ्रमण गराउने कुरा पनि थापाले बताउनु भयो |

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।