सामाजिक संञ्जालको प्रयोग बालबालिका देखि लिएर बुढा पाकाहरुले पनि जानि नजानि गरिरहेका छन । सामाजिक संञ्जाल मार्फत संसारका जुनसुकै कुनामा बसेर पनि इन्टरनेट चलाउन सकिन्छ । तर यस्कोे सदुपयोग भन्दा पनि दुरुपयोग आजकाल बढ्दो मात्रमा देखिन्छ ।

अहिले त बिद्यालय पढ्ने सना साना भाई बैनिहरुको हात हातमा रोजाई अनुसारको मोवाईल हुन्छ । सामाजिक संञ्जाललमा पठन पाठन गर्नको निमित्त तथा उचित कार्यको लागि प्रयोग गर्ने हो भने सर्वश्रेष्ठ हुनि थियो । तर आजकाल बढि च्याटिङ मात्र हुने गरिन्छ । फेसबुक, टुईटर, वाट्आप्प, भाईवर, इमो र स्काइप आदिमा अपरिचित ब्यक्तिहरुसंग गफ गाफ गरेर समय बित्छ । तर पढाई तिर ध्यान पटक्कै जादैन ।प्रबिधिक जमाना संग संगै अघि बडे पनि सामाजिक सञ्जालको सदुपयोगको साटो दुरुपयोग धेरै हुन्छ । ईटरनेटको जवानाले देशमा बिकाश त भित्रियो तर संग संगै भागि वाल बिवाह पनि भित्रिएको छ । त्यसको सदुपयो गर्न सक्यो भने मानिसलाई सफल बनाउंछ । तर यहाँ माया प्रिति गास्नका लागि ईटरनेटको प्रयोग गरिन्छ । घण्टौ घण्ट सम्म फोनमा ब्यस्त हुन्छन्,तर पढ्नको लागि समय भने पटकै हुदैन ।

आमा बाबुहरुले आफ्ना छोरा छोरिहरुलाई पढ्नका लागि बिद्यालय पठाउछन् । छोरा छोरिहरुलाई बिद्यालयको भन्दा सामाजिक संजालको बढि लत लागि सक्यो । सानै उमेरमा फेसबुक चलाएर माया प्रेम गास्ने गर्छन। सामाजिक संञ्जालमा भेटिएको अपरिचित्त ब्यक्ति होस या परिचित ब्यक्ति संग माया प्रेम गास्ने र भागेर बिवाह गर्ने प्रबिधि बढ्दो अवस्थामा छ । उस्को बारेमा थाहा नभै जान्दै नजानि भागेर बिवाह गर्छन । तर त्यस्को नतिजा बिवाहको केहि महिना देखि नै देखा पर्न थाल्छ । श्रीमानको कुटाई, सासु ससुराको बचन तथा घर बाट अपहेलना, दाईजो, घरका सारा काम आफनै थाप्लोमा आई पर्छ र खेप्नु परिरहेको अबस्था छ । केहि महिना पछि गर्व बस्छ अनि केटा पक्षले छोडिदिन्छन् । यता माईतमा मुख हेर्दैन,् अनि उ न घरको न घाटको हुन्छे ।

आफनो हक जताउनका लागि उ संग नागरिकता तथा बिवाह दर्ता प्रमाण पनि हुदैन । मर्नु बाहेक उ संग अर्को बिकल्प पनि हुदैन । त्यसैले भागि बाल बिवाह गर्नाले सामाजमा नकरात्मक असर पु¥याउनुको साथैं समाजलाई बिकृति, कुसंस्कार, कुरुति तर्फ लैजान्न्छ । भागि बाल बिवाह गर्नुमा बाल बालिकाको मात्र होईन घर परिवारको पनि उतिकै भुमिका रहन्छ ।

सानै उमेरमा कपि, कलम, किताब दिनुको साटो रोजाई अनुसारको मोवाईल हातमा थमाई दिने गर्छन् । सानै उमेरमा बाल बिवाह गर्नु भनेको आफ्नो ज्यानलाई खतरामा पार्नु हो । गत केहि वर्षदेखि हाम्रो समाजमा भागि बाल बिवाह बढ्दो अवश्थामा छ । यस्लाई न्यूनिकरणको लागि सरोकारवालाहरुको भुमिकामा कमि आएको देखिन्छ ।

बिशु सुनार श्रमन
बिशु सुनार श्रमन
[email protected]
बिशु सुनार श्रमन खबरब्रेको लागि सामाजिक क्षेत्रको लेख लेख्छन् ।