आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शीर्ष नेताको कार्यव्यस्ताका कारण आइतबारको बैठक सोमबार बिहान सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक सोमबार विहान ८ बजे बस्ने बताए । आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक  ४ बजे नै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सचिवालयले सुचना टाँस गरेर स्थगित भएको जनाएको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।