महिला सेवा बचत तथा ऋण सहकारी संस्था हेटौडा १२ पदमपोखरीको १८ बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यशोदा पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अधक्ष्य पराजुलीले बार्षिक प्रतिवेदन सहित भावि योजना प्रस्तुत गर्नुभएको थियो । भने संचालक समितीको तर्फवाट कोषाध्यक्ष रुक्मिणी स्याङतानले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघकी कल्पना श्रेष्ठ ,१२ नं वडा अध्यक्ष ललित घलान लगाएतको आतिथ्यता रहेको थियो । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई विभिन्न विधामा उत्कृष्ट ठहर गर्दै सम्मान गरेको छ।

असल ऋणी तर्फ कान्छिमायाँ थिङ र ग्यानुमायाँ श्रेष्ठ,असल ब्यवसायी गोरिमायाँ स्याङतान ,मिना श्रेष्ठ नियमित बचत गर्ने उष कुमारी लामा र सवि घलान सम्मानित हुनुभएको छ। त्यस्तै खुत्रुके बचत तर्फ शान्तीकुमारी लामा र पातली लामा स्थानिय बुद्ध मावि बाट एस ई ई परिक्षामा सर्वाेकृष्ट नतिजा ल्याएर उतिण हुने अनिसा घलान र २ सन्तार भए पछि स्थाई बन्ध्याकरण गर्ने सरिता लामालाई पनि सम्मान गरिएको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।