हेटौँडा,१९ असोज ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको सक्रियतामा चोरी भएको दुई घण्टामानै आज हेटौँडामा मोटरसाईकल फेला पारिएको छ । फेला परेको मोटरसाईकल प्रहरीले सम्वन्धित धनिलाई हस्तान्तरण समेत गरेको छ ।

चोरी भएको २२० सिसिको अनटेस्ट मोटरसाईकल तथा ना ५७ प ४६२ नंबरको मोटरसाईकललाई प्रहरीले दुई घण्टाको अवधीमा हेटौँडा २ फापरबारी बसपार्क र हेटौँडा २ ओम भवनबाट फेला पार्न सफल भएको हो ।
फेला परेको अन्टेस्ट मोटरसाईकल सम्वन्धित मोटरसाईकल धनी विनोद सुनारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।