file photo

टर्कीमा १६ वर्षीय एक किशोरले आफ्नी प्रेमिकालाई चुम्बन गर्दा साढे चार वर्षको कारावास सजाय पाएका छन् । द डेली मेल पत्रिकामा छापिएको खबरअनुसार, किशोरले प्रेमिकालाई किस गर्दा उनका साथीहरूले भिडियो बनाएका थिए ।

त्यो भिडियो विद्यालयका शिक्षकले प्रहरीलाई दिए अनि किशोर जेल जानुपरेको हो । भिडियो खिच्ने पाँच साथीलाई पनि प्रहरीले कारवाही गरेको छ । टर्कीको एनाटोलिया प्रान्तको एक अदालतले किशोरलाई यौन शोषणको दोषी ठहर गरेको छ ।किशोरले प्रेमिकासँग विद्यालयमा समय बिताउने क्रममा किस गरेका थिए ।

टर्कीमा १८ वर्षभन्दा कम उमेरका किशोरहरूलाई यौन सम्बन्ध बनाउन प्रतिबन्ध छ । कट्टर धार्मिकहरूको बाहुल्य रहेको टर्कीमा किसलाई पनि यौन सम्बन्ध मानिन्छ ।किशोरका वकिलहरूले उत्तेजनामा यो काम गरेको र उसको मनसाय गलत नरहेको तर्क दिएका थिए । तर अदालतले प्रतिरक्षक वकिलको तर्कलाई मानेन र कारावास सजाय दियो ।एजेन्सी 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।