हेटौँडा,१७ असोज ।
हेटौँडामा पुन चर्चामा आएको २५ मिटर सडकको प्रसंगामा सडक विभागका प्रवक्ता जयराम अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले २५ मिटर फराकिलो बनाउने अभियानलाई यथासिघ्र सञ्चालन गर्नको लागि भौतिक योजना तथा यातायात मन्त्रालयलाई पत्राचार गरेपछि सुरु भएको २५ मिटर सडक निर्माणको प्रसंगले फेरिपनि चर्चा पाएको हो ।

हेटौँडा उपमहानगरपालिकाले सडक साँघुरो हुँदै गएको र बजार अब्यवस्थित भएको भन्दै २५ मिटरको विषयलाई टुंगो लगाउन प्रधानमन्त्री कार्यालयमा पत्रचार गरेपछि प्रधानमन्त्री कार्यालयले सम्वन्धीत मन्त्रालयलाई र मन्त्रालयले सम्वन्धीत निकाय सडक विभागलाई पत्रचार गरेको थियो ।
सरकारले २०७३ साल मंसिरबाट हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको २५ मिटर सडक विस्तार अभियान सुरु गरेको थियो । तर करिब आधा दर्जन घरमा डोजर चलेपछि सर्वोच्च अदालतमा घरधनीहरुले रिट दायर गरे र सर्वोच्चले उक्त रिटमा आदेश जारी गर्दै मुआब्जाको विषयमा टुंगो नलागेसम्म घरमा डोजर नचलाउन भनेपछि २५ मिटर फराकिलो अभियान रोकिएको थियो ।

तर एकाएक दुई वर्षपछि फेरि प्रधानमन्त्रीको कार्यालयले पत्रचार गरेपछि २५ मिटर क्षेत्रका वासिन्दाहरु अन्योलमा परेका छन् । यसै सन्द्रर्भमा डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता अधिकारीले सर्वोच्च अदालतको आदेशविना २५ मिटर सडक फराकिलो पार्ने अभियाान सुरु नहुने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्रीको कार्यालयबाट पत्रचार भएपनि सर्वोच्चको फैसलाको विरुद्ध जान नसकिने स्पष्ट पारेका हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।