म्युजिक भिडियोमा लगाएको भित्रि कपडा देखिएपछि कार्गिजस्तानकी एक १९ वर्षीया गायिकाको जीवन संकटमा परेको छ । जिरी आस्लबेक नाम ती गायिकाले पछिल्लो हप्ता रिलिज गरेको एउटा म्युजिक भिडियोको कारण कथित हत्याका धम्कीहरु पाइरहेकी छिन् ।

युट्युबमा एक लाख २६ हजार भ्यूअर कमाएको यो म्युजिक भिडियो मुस्लिम बाहूल्य मुलुकमा सनसनी बनेको छ । भिडियोमा गायिका जिरी सूट कपडासहित पर्पल ब्रामा देखिएकी छिन् । उक्त भिडियोमा उनी पछाडी पृष्ठभूमीमा हिजाब लगाएको, कार्गिज स्टाइलको हेड्स्कार्फ लगाएको र सल लगाएका महिलाहरु उभिएका छन् ।

कार्गिजस्तानको परम्परावादी समाजले गायिका जिरीको स्पष्टरुपमा देखिएको भित्री अण्डरवेयर ब्रामाथि भने विरोध जनाएका छन् ।रिपोर्टका अनुसार गायिका जिरीले पृष्ठभूमीमा देखिएका फरक महिलाहरुमाथि मानिसहरुलाई समस्या नभएको तर आफ्नो पर्पल ब्रामाथि समस्या भएको देखेर अचम्म लागेको छ ।

यी गायिकाले आफ्नो यस कामका लागि आफ्ना बुवाबाट भने समर्थन र सहयोग पाएकी छिन् । उनका बुवाले उनलाई स्वतन्त्र कार्गिजस्तानकी स्वतन्त्र सोच भएकी छोरी भनी फेसबुकमा पोस्ट गरेका छन् ।हत्याको धम्कीहरु आउन थाले पछि गायिका जिरीले प्रहरीमा उजूरी दर्ता गराएकी छिन् ।एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।