हेटौँडा,१६ असोज ।
माझी सस्कृतिम आधारित रहेर निर्माण गरिएको चलचित्र “दुई किनारा जिन्दगीको” को प्रोमो सार्वजनिक भएको छ । न्युज क्लब नेपाल हेटौँडामा आज भएको कार्यक्रमबिच चलचित्रको प्रोमो सार्वजनिक भएको हो । कार्यक्रममा मकवानपुरे कलाकार उज्वल शर्मा भण्डारीले बटम क्लिक गरेर प्रोमो रिलिज गरेका हुन् ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्माता लोकेन्द्र माझीले चलचित्रले विशुद्ध माझी सस्कृति झल्काउने खालको भएको बताए । पुर्वि मकवानपुरको बकैयामा अधिकांश दृष्य खिचिएको चलचित्रको लागि ३० लाख रहेको समेत उनले बताए ।
माझी समुदायको कला, सस्कृति, भाषा, लिपि लोप हुने अवस्थामा रहेको सन्र्दभमा आफुहरुले चलचित्र मार्फत माझी समुदायको सस्कृतिलाई जगेर्ना गर्न खोजेको बताए ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक विवश माझीले गाउँकै कलाकारको सक्रियतामा चलचित्र निर्माण भएकोमा खुसी ब्यक्त गरे । चलचित्रमा खेल्ने कलाकारहरु नयाँ भएपनि निकै जीवन्त अभिनय गरेको बताए ।

कार्यक्रममा चलचित्रका कलाकारहरु रेजिना माझी,रोहन माझी, अजय माझी, अनिता माझी, कृष्णबहादुर माझी लगाएतको उपस्थिती रहेको थियो । चलचित्रको छायाङ्कन अजय वाईवाले गरेका हुन भने चलचित्रमा संगित विशाल माझीले दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले मौलिक चलचित्रले आजकल बजार पाउन थालेको भन्दै माझी समुदायको चलचित्रले राम्रो सन्देश दिने अपेक्षा ब्यक्त गरे ।

चलचित्रलाई दशैको अवसरमा माझी वाहुल्यता क्षेत्रमा प्रिमियर गर्ने कार्यक्रम समेत रहेको निर्माता लोकेन्द्र माझीले बताए ।पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्ट, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, बकैया गाउँपालिका कार्यपालिकाकी सदस्य कृपा माझी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

 

धर्मेन्द्र दाहाल
धर्मेन्द्र दाहाल
[email protected]
सम्पादक