file photo

हेटौँडा,१५ असोज ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौँडा उपमहानगरपालिका क्षेत्रमा २५ मिटर सडक विस्तार हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औँ वार्षिक साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मेयर महतले हेटौँडा उपमहानगरपालिकाको ९० प्रतिशत जनताहरु सडकलाई २५ मिटर फराकिलो बनाउने पक्षमा रहेको बताए ।

उनले भने “यहाको ९० प्रतिसत जनताहरु २५ मिटर सडक विस्तार हुनुपर्छ भन्ने पक्षमा रहेको थाहा पाए त्यहि भएर मैले प्रधानमन्त्रीको कार्यालयमा पत्रचार गरेको हुँ ।”