उपाध्यक्ष पार्वती राना

हेटौँडा १५ असोज,
नारी सिप श्रृजना केन्द्र मकवानपुरको आयोजना तथा ओपन सोसाइटि फाउण्डेशनको सहयोगमा “महिलाको लागी समानता र न्याय” भन्ने नारा सहित आईतबार एक दिने सार्बजनीक सुनवाइ कार्यक्रम भीमफेदी गाउँपालिकामा सम्पन भएको छ ।

गाउँपालिकाकि उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पार्वती रानाको प्रमुख अतिथि तथा नारी सिप श्रृजना केन्द्र मकवानपुरको कोषध्यक्ष मिना अर्यालको सभापतीत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहजिकरणको लागी भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक सन्त कुमार लामा ,माइति नेपालका कार्यक्रम संयोजक माया लामा,चिरञ्जीबी पौडेल,वडानं. ६ अध्यक्ष सिताराम थापा,वडानं. २ अध्यक्ष काशिराम बज्यु,तथा भीमफेदीगाउँपालिका एक देखी नौ वडाका अगुवा महिला तथा पिडित महिलाको उपस्थित रहेको थीयो ।

कार्यक्रममा महिलाहरु कमला बर्तौला,बिष्णु राना,राम कुमारी स्यागंतान,बाटुला,रंजिता पुडासैनी,सुनमायां मोक्तान,देबरती लामा,तथा देबि घलानले आफना समस्या प्रस्तुत गरेका थिए ।समस्या प्रती संबेदनशिल हुदै प्रमुख अतिथि रानाले महिला हिंसा सहनशिलता हैन तत्परता साथ अधिकारको लडाइ लडन् सुझाब दिएकी थिईन् ।

इलाका प्रहरी प्रमुख प्र.नी. लामा, माइति नेपाल संयोजक माया लामा तथा सञ्चारकर्मि सुरेन्द्र थीकेले अन्याय परेमा संमपर्क राख्न तथा आबश्यक सहयोगमा कुनै कञ्जुसाय नहुने प्रतिबद्धता ब्यक्त गरेका थिए ।