धर्मेन्द्र दाहाल
हेटौँडा,२६ भदौ ।
बंगालादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले उतकृष्ट प्रर्दशन गरिरहेको सन्र्दमा मकवानपुरका सुनिल बल लामाको चर्चा एकाएक चुलिएको छ ।
नेपालका चर्चित खेलाडीको नाम लिँदा सायदै यसअघि सुनिलको नामा अटाउदैनथ्यो । तर ढाकामा भएको साफ च्याम्पियनमा उनले अवसर दिए उत्कृष्ट खेल्न सक्छु भन्ने कुरा प्रमाणीतनै गरेर देखाईदिए ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग २–१ को हार बेहोर्नु पर्यो । पाकिस्तान भन्दा बलियो मानिएको नेपालले खेल सकिनैलाग्दा गोल खाएपछि नेपालले तीन अंकनै गुमाउनु पर्यो । उक्त खेलमा प्रशिक्षक वालगोपाल महर्जनले सुनिललाई सुरुवाती ११ मा राख्न सकेनन् । जव पाकिस्तानसँग नेपाल हार्यो तब वालगोपालले नेपाली फुटबलमा नयाँ प्रयोग सुरु गरे र त्यो प्रयोग सफल बनाउन सुनिल बल जति अरु कसैले योगदान दिन सकेनन् ।

पहिलो खेलमा हारेर दवावमा आएको नेपाल दोश्रो खोलमा सहज मानिएको भुटानसँग खेल्नु पर्यो । तर पहिलो खेलमा पराजय भोगेको नेपाली टोलीले यो खेलमा आफुलाई प्रमाणित गरेरै छाडे । जुन खेलनै सुनिलको लागि चर्चाको शिखर बन्न पुग्यो ।

खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गर्दै सुनिलले गोल गरे । सुनिललाई पहिलो पटक अन्तराष्ट्रिय खेलको सुरुवाती ११ मा समेत राखियो । खेलमा विमल घर्तिले गरेको पेनाल्टीलाई भुटानी रक्षकले पञ्च गरेको बललाई सुनिलले गोल गर्दै नेपाली टिमलाई जितको बाटो देखाए । खेल अवधिभर सुनिलले निकै राम्रा मुभहरु निर्माण गरे ।

सुनिलको खेलबाट प्रभावित बनेका प्रशिक्षक महर्जनले गर र या मरको अवस्थामा रहेको नेपाल र बंगलादेशको भिडन्तमा समेत सुनिललाई सुरुवाती ११ मानै स्थान दिए ।
वंगलादेशको खेलमा सुनिलको चर्चा दुई गुणा बढी भयो । नेपालले गरको दुबै गोलमा सुनिलको प्रमुख भुमिका बन्यो ।

सुनिल बललाई बंगलादेशी खेलाडीले लडाएपछि पाएको फ्रि किकमा विमल घर्तिले गोल गरे भने दोश्रो गोलपनि सुनिलले दिएको सुन्दर थ्रो पासमा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले सेमिफाईनमा स्थान बनायो ।

खेल जिन्तलाई गोल त आवश्यक छ नै तर गोल गर्नको लागि वातावरण निर्माण गर्ने र टिमलाई आवश्यक परेको समयमा गोल गर्ने समेत छवि भएका खेलाडीको रुपमा पर्ने गर्दछन सुनिल बल । नेपाली फुटबलमा राम्रो खेल्ने तर मिडिया तथा प्रशिक्षकको आँखाका कमै पर्ने गरेका सुनिल बलको प्रेरणामा नेपालले साफ च्याम्पियनसिप जितेमा उनी यो पटक सर्वोत्कृष्ट खेलाडी बन्ने संभावना उच्च रहेको खेल विश्लेशकहरुको भनाई छ ।

सुनिल बल मकवानपुरको हेटौाडामा रहदाबाटनै खटेर उत्कृष्ट फुटबल खेल्ने खेलाडीको रुपमा रहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा पनि बताउँदै । उनै बलको उत्कृष्ट प्रर्दशनको कारण लामा अध्यक्ष रहेको एफसी पोतालले जिल्ला लिगमा समेत लगातार उपाधिमाथि कब्जा जमाएको थियो ।