लेखक :सरिता दाहाल

‘म जागिर छोड्दै छु । म मात्रै हैन, मेरी श्रीमतीपनि छोड्दैछिन् । छोरो कक्षा ८ मा गयो । छोराको स्कुल परिवर्तन गर्ने एकै निर्णयको कारण हामी दुबैले नोकरी छोड्दैछौ । यो घर÷टोलबाट पनि सर्छाै अब । कहाँ गइन्छ,त्यतै फ्ल्याट लिएर बस्नुपर्ला ।’ कुरा २ साल अगाडीको हो, हेटौंडाको एउटा संस्थागत मावि स्कुलका प्रशासकिय अधिकृतले आफ्नो छोरा कुलतबाट बचाउनको लागि छोराको स्कुल परिवर्तन मात्रै हैन आफू र आफ्नी श्रीमतीले खाइपाई आएको नोकरी पनि छाड्ने तयारी हुदैं गर्दा भनेका थिए ।

त्यो दम्पतिको एउटै लक्ष्य थियो छोरालाई राम्रो संस्कार दिने । किशोरावस्थाको छोरो आमाबाबुले भनेको भन्दा साथिभाईको कुरामा बढी विश्वास राख्न थाल्यो । पढाईमा ध्यान कम दिन थाल्यो र घरमाभन्दा बढी बाहिर रमाउन थाल्यो । ति प्रशासकिय अधिकृत दम्पत्तिले के सोचे, पछि आफूहरुको निर्णय बदलेछन् । छोरोले त्यही स्कुलमा पढाइलाई निरन्तरतादियो र आमाबुबाको नोकरी पनि ।

हालैको भेटमा कारणबारे जान्नखोजे, उनले भने जहाँगएपनि समाज त उही हो । संस्कार हामीले दिने हो भन्ने लाथ्यो । साँच्चै मनन योग्य थियो जवाफ । हामीले आफ्ना छोरीहरुलाई सकेसम्म धेरैभन्दा धेरै संस्कार सिकाउँछौं । त्यसको तुलनामा छोराहरुलाई संस्कार पटक्कै सिकाउँदैनौ । सामान्य घरायसी संस्कारका
कुराहरुदेखि उनीहरुमा आत्मावल र आत्मासम्मान अभिवृद्धि हुनेसम्मका कुराहरु छोरा र छोरी दुबैमा सिकाउनु जरुरी छ । तर छोराहरुलाई आदर, सम्मान, मर्यादा, नैतिकताका कुराहरु परिवारमा सानैबाट सिकाउने प्रचलन कमै छ ।

हो कमसेकम हामी छोरा र छोरीमा विभेद गर्दैनौ भन्नेहरुले त छोराहरुलाई समयमै सुसंकृत बनाउने जिम्मेवारी काँधमा छ । पछिल्लो समय बलत्कार र बलत्कारपछि हत्यका घटनाहरु निरन्तर बाहिर आइरहेका छन् । प्रेमीले प्रमिकाको समेत हत्य गरेको घटनाहरु बाहिर आइरहेका छन् । जसले गर्दा छोरीहरु जोगाउने चिन्ताले अभिभावकहरुलाई पिरोल्न थालेको छ ।

जति छोरीहरु जोगाउन चिन्ता छ, छोराहरु जोगाउनपनि उत्तिकै चिन्ता किन लिदैनौ हामी ? के हामी सबैसंग छोराहरुलाई सभ्य बनाउने चिन्ता हुनु पर्दैन ?अहिले बलत्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षिया बालिका र काभ्रेको तिमाल गाउँपालिकाकी अर्की ९ वर्षीया बालिकाको विषयलाई लिएर धेरै सवाल उठिरहेको छ । यसबारे कानूनी कमजोरीका सवालहरु बढी आएका छन् । हेटौंडामा स्कुल पढेर घर फर्कदा, घरकोबाटो बिराएकी एक बालिका बलत्कार प्रयासबाट उम्कन सफल भइन्, उनी अहिले सेफ हाउसमा छिन् ।

एक साता अगाडी हेटौंडाको एक मावि स्कुलका शिक्षक साथिले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिएः ‘पुरुष भएकोमा लज्जाबोध गरिरहेको छु ।’ २ वर्ष अगाडी छोरालाई सभ्य बनाउन स्कुल र नोकरी छोड्न बाध्य भएका ति प्रशासकिय अधिकृत दम्पत्ति र यि मावि शिक्षक जस्ता कयौं आदर्श पुरषहरु छन् जसलाई अहिलेको यो जल्दोबल्दो विषयले मानमर्दनको महसुस भैरहेको छ । यसैबाट पनि प्रस्ट छ कि आदर्श पुरुषहरुलाई त्यस्ता घटनाले कति पोल्दछ भन्ने कुरा । अहिले सामाजिक सञ्जालभरी यसैको बहस चलेको छ । यो बहसको कानूननिर्माण तहमा कतिको सुनुवाई हुन्छ त्यो हेर्न भने बाँकी छ । बलात्कृत हुने र मारिनेहरूमा उमेरको भेद छैन । शिशु उमेरका बालिकादेखि वृद्धासम्म शिकार भएका छन् यसबाट र शिकारी भएका छन् किशोर देखि वृद्धहरु समेत । छोरीहरु,बहिनिहरु, दिदिहरु र आमाहरु माथि यस्तो जघन्य अपराध भैरहंदाको असह्य पीडा एकातिर छंदैछ, अर्कोतिर त्यही समाजको एकाध पुरुषको कारण सबै पुरुषहरुमाथि लाग्नेको कलंक कति असह्य छ ? के छोरी नहुँदा यो पिडाबोध कमी हुँदोहो र कसैलाई ?

के छोराहरुलाई त्यो कलंकबाट जोगाउन चिन्ता छैन, के छोराहरुको चै छोरीहरुको जसरी हाम्रो समाजमा सामाजिक हैसियत नापिन्न ? के दाजुभाईको चाँही इज्जत र प्रतिष्ठा हुन्न ? श्रीमान् र बुबाहरुको चाहि जस्तो कदम चालेपनि इज्जतमा आँच आउँदैन र ? हाम्रो समाजको सामाजिक प्राणी छोरीहरु मात्रै हुन् छोराहरु हुन् कि हैनन् ? के छोराहरुबाट मात्रै यो सृष्टि, यो समाज, यो परम्परा संभव छ ? बलात्कारजस्तो जघन्य अपराधमा संलग्नहुने आफ्नै विश्वासिला पात्रहरुबाट छोराहरु पनि जोगाउनु पर्छ । ताकी उनीहरुबाट भोलीको दिनमा छोराहरुले पनि त्यही कुकर्म नरोजुन् ।

प्रविधिको प्रचुरताको कारण विश्वका हरेक गतिविधि एउटै कोठामा बसेर मोवाइलमै उपलब्धहुन संभव भएको छ । यि प्रविधिको कारण धेरै राम्रा÷राम्रा सिकाइमा फड्को मार्न संभव भएको छ भने, यसैबाट धेरै विकृति र विसंगतिहरु पनि भित्रिएका छन् । मोवाइलमै हेरिने अश्लिल भिडियोकाकारण पनि बलत्कार बढेको छ यि र यस्तै प्रकारको चुनौतिबाट छोराहरु पनि जोगाउनु आवश्यक छ । हरेक आमाबुबाहरुलाई छोरा जोगाउने चिन्तापनि उसैगरी हुनु जरुरी छ जस्तो चिन्ता आमाहरुलाई छोरी जोगाउन अहिले छ । जसरी छोरीहरु आमासंग सुरक्षित छन् उसैगरी बाबुहरुसंंग पनि सुरक्षित रहनु जरुरी छ । छोराहरुलाई पनि त्यस्तो कलंकबाट जोगाउन जरुरत छ । छोराहरुलाई सभ्य बनाउने चुनौतिपनि बढ्दो छ अब अभिभावकहरुमा ।

हाम्रो समाज एउटै हो, कलकं एउटाले गर्छ सिंगो समुदाय कलकिंत हुन्छ । गल्ति एउटाले गर्छ, नाम सिंगो समाजको जोडिन्छ । आज केही कुकर्ममा लागेका पुरुषको कारण धेरै आदर्श पुरुषहरुको मानमर्दन भएको छ, आत्मा सम्मानका ठेस लागेको छ । महिलासंगसंगै हातेमालो गरेर महिला हकहित र सशक्तिकरणको लागिअहोरात्र खट्ने पुरुषहरुलाई समस्या भैरहेको छ । महिलाको सुरक्षामहिलाको मात्रै विषय हैन । यो सिंगो समाजको सुरक्षाको विषयहो । बलत्कार तथा हत्या पुरुषको या महिलाको मात्रै सवाल हैन, सामाजिक सवाल हो । सामजिक सुरक्षा र समाजिक सभ्याताको सवाल हो ।

अचेल बलत्कारीलाई फाँसी दिनु पर्ने माग सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती आउन थालेको छ । फाँसीको माग गर्नेहरुको मत, मानवधिकारको सवालमा जोडेर आउने मतभन्दा बढी हुदै आएको छ । यस्तो हुनु मानविय क्रुरताको पराकाष्ट हो । अत्याचार नै भएपछि, मानवधिकारको सवालमा संवेदनशिलहुनेहरु मृत्युदण्डको बदलामा हुन सक्ने कडा कानूनको खोजिमा छन् ।

नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकोले पनि कानूनी रुपमा मृत्यदण्डको कुरा उठाउन असमर्थ हुने अवस्था हो । यद्यापि यातना तथा क्रुर, अमानवीय, अपमानजनक व्यवहार तथा सजाय नदिने भनिएको राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेकै कारण देशमा भैरहेको यस्ता गतिविधिलाई कहिलेसम्म सहने ? समाजिक न्यायको दृष्टिले पनि यो न्यायसंगत छैन । भोलीको सभ्य समाज निर्माणको लागि छोरा र छारी दुबैलाई कलंकबाट जोगाउनु आजको चुनौति छ ।

यतिखेर विभिन्न प्रदेशहरुमा आ–आफ्नै परिवेश अनुसारको कानून निर्माणको अभ्यास भैरहेको छ । आगमाी १ भदौबाट धेरै प्रकारका कानूनहरु संशोधन भएर कार्यान्वयनको लागि आउने क्रममा छन् । सभ्य समाज निर्माणका लागि हामीले दरीलो कानूनी आधार लिएर दोषिलाई हदैसम्मको कारवाही गरि सभ्य र नैतिक समाज निर्माण गर्न सरकार गुहारी रहनु नपरोस् भन्ने अपेक्षा आम नागरिकको छ ।

सामाजिक मार्यादालाई कुल्चनेलाई फाँसीको सजाय हुनुपर्ने माग अहिले पेचिलो बन्दै आएको छ । पीडितलाई हेर्ने सामजिक दृष्टिकोण सकरात्मक नभएको कारण पीडितले न्याय पाउन सकेको छैन । पीडित आफ्नो गल्ति भएझै गरि शिर नुहाएर हिड्नुपर्ने र पिडक चाँहि महान युद्ध जितेर आएझैं उँचो शिर गरि खुलेयाम हिडिरहेका छन् । समाजिक मनोभावको परिवर्तनको सवालपनि छ यहानिर । महिलालाई हेपाई दृष्टिले हेर्ने समाजमा गढेर रहेको बलशालि दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ । यो दृष्टिकोणको परिवर्तन कानूनले भन्दा परिवारले गर्न सक्छ । परिवारबाट नै सभ्य, सुसंस्कृत, नैतिक र मर्यादित व्यवहार सिकेको पुरुषबाट बलात्कार जस्ता जघन्य अपराध हुदैहुन ।

सामाजिक तहमा परिवर्तन आउनु पर्ने तमाम विषयहरुसंगै कानूनी आधार पनि दरीलो हुनु जरुरी छ । कानून निर्माण र संशोधनको तहमा समयमै विचार पु¥याइयोेस् कि बलत्कारीलाई मृत्यदण्ड तथा फाँसीको सजाय संभव नभएपनि उनीहरुलाई आजीवन काराबास जस्ता सजायँहरु ल्याइयोस् । कानूनले नेपाली समाजमा सामाजिक सभ्याता, मर्यादा, नैतिकताको पालना गर्न बलदिन सकोस् ।