गृह Breaking News यसो गर्न चैँ मिल्छ त मेयर साप ?

यसो गर्न चैँ मिल्छ त मेयर साप ?

सेयर गर्नुहोस्

हेटौँडा,२५श्रावण ।
प्रदेश नंबर ३ को राजधनी हेटौँडा उपमहानगरपालिका भित्र पर्ने राजमार्ग क्षेत्रमा सुरु भएको “नो पार्किङ” को बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा तीनदिनबाट बजार बन्द लगाएतको आन्दोलन जारी रहेको छ ।

हेटौँडा उपमहानगरपालिकाले करिब डेढ महिना अघिबाट सुरु गरेको “नो पार्किङ” अभियान विभिन्न विवादबिच दुईदिन अघिबाट पुन सुरु भएपछि “नो पार्किङ” क्षेत्रका ब्यवसायीहरु आन्दोलीत भएका हुन् । राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमा “नो पार्किङ” भएपछि उनीहरुले अभियान सुरु भएकै दिनबाट आन्दोलन गरेका हुन् ।

तर हेटौँडा उपमहानगरपालिकाले “नो पार्किङ” अभियानको बाहानामा सडक पेटीलाई पार्किङ स्थल बनाउनदा पैदलयात्रुले भने दुख पाएका छन् । हिडनुपर्ने सडक पेटी सवारीले भरिएपछि पैदलयात्रुहरु सडकबाटै जोखिमपुर्ण यात्राको लागि वाध्य बनेका छन् ।

“नो पार्किङ” अभियानलाई लागु गर्नुपुर्व उपमहानगरपालिकाले सवारी पार्किङको उचित ब्यवस्थापन नगरेको प्रष्ट देखिएको छ । पार्किङको क्षेत्रमा समस्या देखिएपछि उपमहानगरपालिका आफैले उपमेयर मिना लामाको संयोजकत्वमा बनाएको टोलिले पार्किङको लागि विभिन्न स्थानमा संभावना रहेको प्रतिवेदन दिएको छ । तर उक्त प्रतिवेदनमाथि कुनैपनि छलफलनै नहुँदा फुटपाथ तथा सडक पेटीमानै पार्किङ गरिएको छ ।

“नो पार्किङ”को विषयले हेटौँडा दिनदिनै आन्दोलित भैरहदा उपमहानगरपालिका टसको मस नभएको वस्था एकातिर रहेको छ भने मकवानपुर उद्योग वाणिज्य संघपनि बजारनै बन्द गरेर आन्दोलनमा होमिएको छ । उता सडक पेटीमानै सबारीहरुको लस्कर हुन थालेपछि हेटौँडा बजार थप अस्थब्यस्त देखिन थालेको छ ।