गृह समाचार मुख्य सीमानाकामा सहायताकक्ष स्थापना गर्ने सहमति

मुख्य सीमानाकामा सहायताकक्ष स्थापना गर्ने सहमति

सेयर गर्नुहोस्

साउन २५ । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सीमानाकामा सहायताकक्ष स्थापना गरिने भएको छ ।

 

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायताकक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।

हातहतियार, लागुऔषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्तरुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालिमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् ।चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ । रासस