गृह Breaking News “नो पार्किङ”को बिरोधमा हेटौँडा उपमहानगरपालिका घेराउ,व्यापक प्रहरी परिचालन

“नो पार्किङ”को बिरोधमा हेटौँडा उपमहानगरपालिका घेराउ,व्यापक प्रहरी परिचालन

सेयर गर्नुहोस्


हेटौँडा,२५ श्रावण,

प्रदेश नंबर ३ को राजधनी हेटौँडा उपमहानगरपालिका भित्र पर्ने राजमार्ग क्षेत्रमा “नो पार्किङ”को बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघले बिरोध र्याली हेटौँडा २ पल्पसा हल बाट सुरुगरि हेटौँडा उपमहानगरपालिका घेराउ गरेको छ।

मकवानपुर उद्योग वाणिज्य संघको बिरोध र्यालीले हेटौँडा उपमहानगरपालिका घेराउ गरे संगैै हेटौँडा उपमहानगरपालिका परिसरमा व्यापक प्रहरी परिचालन भएको छ।

हेटौँडा उपमहानगरपालिकाले करिब डेढ महिना अघिबाट सुरु गरेको “नो पार्किङ” अभियान विभिन्न विवादबिच दुईदिन अघिबाट पुन सुरु भएपछि “नो पार्किङ” क्षेत्रका ब्यवसायीहरु आन्दोलीत भएका हुन् ।राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमा “नो पार्किङ” भएपछि उनीहरुले अभियान सुरु भएकै दिनबाट आन्दोलन गरेका हुन् ।