हेटौँडा,२५ श्रावण ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ चिप्लेटीको बस्ती स्तान्तरणको लागि प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले साचो देखाएका छन् ।

प्रदेश निर्वाचनको क्रममा समेत पौडेलको क्षेत्र समेत रहेको उक्त बस्तीलाई स्तानन्तरण गर्नुपर्ने विषयमा पौडेलले त्यहाका जनतासामु बाचा गरे अनुसार आज बस्ती स्तानन्तरणको लागि संभाब्यता अध्ययन गर्न उनी हेटौँडा १८ पुगेका हुन् ।

 

चुरे क्षेत्रमा रहेको बस्ती बाढी पहिरोको जोखीममा रहेको, खानेपानी लगाएतको समस्यामा रहेका स्थानीयहरुलाई १० धुरदेखि बढिका एक कठ्ठासम्म जग्गा सहित घर दिएर बस्ती हेटौँडा १८ मा रहेको सल्लाघारी क्षेत्रमा स्थानन्तरणको तयारी गरिएको हो ।

१ सय ४४ घर रहेको चिप्लेटीका वासिन्दालाई आफुले गरेको बाचा पुरा गर्नको लागि मुख्यमन्त्रीले चासो दिएपछि वर्षौबाट समस्यामा पर्दै आएका उक्त क्षेत्रका वासिन्दामा खुसी छाएको नेकपा मकवानपुरका युवा नेता सुनिल मोक्तानले बताए ।

 

२०२२ सालबाट चिप्लेटीमा बस्दै आएका १४४ परिवारलाई उचित स्थानमा सार्ने योजना अनुसार हेटौँडा १८ को उक्त क्षेत्रमा अवलोकनपछि मुख्यमन्त्री पौडेलले यो योजना चाँडोभन्दा चाँडो पुरा हुने भनाई समेत ब्यक्त गरेका मोक्तानको भनाई रहेको छ ।

प्रदेश सरकारले एकिकृत बस्ति निर्माणको योजनालाई पहिलो चरणमा मकवानपुरबाटै सुरु गर्ने तयारी समेत गरेको र उक्त योजना चिप्लेटी बस्ती स्तानन्तरण योजना हुने समेत जनाईएको छ ।