गृह अन्तर्राष्ट्रिय केरलमा पहिरो जाँदा २६ जनाको मृत्यु

केरलमा पहिरो जाँदा २६ जनाको मृत्यु

सेयर गर्नुहोस्

भारतको केरल राज्यमा विगत २४ घन्टामा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । तीमध्ये ११ जना इडुक्की जिल्लाका हुन् ।

दुईजनालाई पहिरोबाट जिउँदै निकालिएको छ । मौसम विभागले आगामी तीन दिनसम्म २१ राज्यमा भारी बर्खा हुने चेतावनी शुक्रवार जारी गरेको छ ।केरलमा बाढीले पनि तबाही मच्चाएको छ । नदीमा जलस्तर बढेको छ । विभिन्न भागमा कम्तीमा २४ बाँध खोलिएको छ ।

इडुकी जिल्लाको देवकीकुलममा बाढीको पानीसँगै माटो झर्दा एक परिवारका पाँच सदस्यसहित ११ मानिस जिउँदै पुरिए । दुर्घटनामा दुई बेपत्ता र नौ घाइते भएका छन् ।

विगत २४ घन्टामा इडुकी जिल्लामा १४४.७७ मिलिमिटर बर्खा भएको छ र जिल्लाको पहाडी क्षेत्रमा ७८ ठाउामा पहिरो गएको छ ।एजेन्सी