गृह राजनीति कांग्रेस नेता पंगेनीको निधन

कांग्रेस नेता पंगेनीको निधन

सेयर गर्नुहोस्

पूर्व सांसद एवं कांग्रेस नेता कमलप्रसाद पंगेनीको निधन भएको छ।कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो।

 

भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिएका नेता पंगेनीलाई उपचारका लागि कालिका सामुदायिक अस्पतालमा लगिएको थियो।अस्ताल पु¥याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका कांग्रेसका स्याङजा जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिए।

 

२०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा कांग्रेसको तर्फबाट स्याङजा २ बाट निर्वाचित भएका थिए।गएको संसदीय चुनावमा भने उनी पराजित भएका थिए। नेता पंगनीका एक छोरा र एक छोरी छन्।