वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडीको उपाधि पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले जित्न सफल भएका छन् ।

 

स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि जितेका हुन् ।

 

चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम सहभागी थिएनन् । गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए।यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन् ।