फ्रान्सको विश्वविजेता टोलीका खेलाडी र प्रशिक्षकको सम्मानमा पेरिसका ६ स्टेसनको नाम परिवर्तन गरिएको छ । भिक्टर ह्युगो स्टेसन टीमका कप्तान र गोलकीपरको नाममा भिक्टर ह्युगो लोरिस राखिएको छ । बर्सी मेट्रो स्टेसनको नाम बर्सी लेस ब्लेउज राखिएको छ ।

अनि एभ्रोन स्टेसनको नाम नाउर एभ्रोन गागने राखिएको छ । यसको अर्थ हुन्छ ‘हामीले जित्यौं’ । यसबाहेक शर्ल दिगुल स्टेसनको नाम आन अ टू एतोइल राखिएको छ । यसको अर्थ हुन्छ – हामीसँग दुई स्टार छन् । दुई स्टार भन्नाले सन् १९९८ र २०१८ को विश्वकप जीत हो ।

यसबाहेक पनि दुई स्टेसनको नाम प्रशिक्षक डिडिएर डिशँप्सको नाममा छ । नोट्रेड्याम चर्चको स्टेसनको नाम नोट्रे डिडिएर डिशँप्स राखिएको छ भने पेरिस सेन्ट्रल स्टपलाई पनि डिशँप्स एलिसिस क्लेमेन्स नाम दिइएको छ । यो परिवर्तन स्थायी हो कि अस्थायी भन्ने चाहिँ प्रस्ट पारिएको छ ।

अनि फ्रान्सको लुभ्र म्युजियममा रहेको मोनालिसाको तस्वीरमार्फत पनि फ्रान्सेली टोलीलाई बधाई दिइएको छ । फ्रान्सको जर्सी लगाएकी मोनालिसाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।एजेन्सी