फ्रांसका स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकपबाट भएको आफ्नो सबै कमाई एक च्यारेटी संस्थालाई दान दिने फैसल्ला गरेका छन् ।

 

योङ प्लेयर अफ बल्र्डकपको उपाधी जितेका एम्बाप्पेले पुरै खेलमा ४ गोल गरेर फ्रांसलाई विश्वकप जिताउनमा अहंम भूमिका खेलका थिए ।

यो विश्वकपमा एम्बाप्पेले पाच करोड साठी लाख रुपैया कमाएका थिए । यो कमाईलाई उनले अस्पतालमा उपचार गराई रहेका र आँखा नदेख्ने बालवालिकालाई दान गरेका छन् ।उनले आफ्नो कमाइको रकम एक समाजिक संस्था प्रीमियर्स डी कोडीलाई दिएका हुन् ।

 

विश्वकपमा एम्बापेको कमाईः
प्रति खेलः २४.७८ लाख
७ खेलमा जम्मा १.७२ करोड
फ्रान्सको बिजेता बनेबापत बोनस ५.२४ करोड
विश्व्कपबाट कुल कमाई ५.५८ करोड
(आंकडा स्पोर्टस् म्यागिजनमा आधारित )