-सुरेन्द्र राज थीके भीमफेदी ६,

नेपालको तत्कालिन मध्यमाञ्चल क्षेत्र र नारायणी अञ्चलमा पर्ने मकवानपुर जिल्ला एउटा प्राचिन सेनबंशी राज्य थियो । नेपालका अञ्चल र जिल्ला बिभाजन हुनु भन्दा पहिले यो जिल्लामा महोत्तरी, धनुषा र सर्लाहि पनि गाभीएका थिए । २०१९ सालमा जिल्ला बिभाजन हुदां यि सबै अलग जिल्लाहरु बने र मकवानपुर जिल्लाको सदरमुकाम भीमफेदी रह्यो । बि.सं. २०३८ साल पछी यस जिल्लाको सदरमुकाम भीमफेदी बाट हेटौंडा कायम ग¥यो ।

त्रिभुवन राजपथ बन्नुभन्दा पहिले काठमाण्डौबाट पैदल हिंडि भीमफेदीबाट बिरगंज जेम्सी लहरी वा साना गााडी हिडने र बिरगंज बाट काठमाण्डौ आउने मुल बाटो नै भीमफेदी पर्दथ्यो । भीमफेदी बाहेक अन्य बिकल्प बाटो थिएन । उत्त बाटो चलुन्जेल भीमफेदी एउटा “भरीया नाइके ”र “ब्यापारीक” केन्द्रको रुपमा प्रसिद्ध थियो ।

पौराणीक एवं धार्मिक स्थल :
पौराणीक एबं धार्मिक द्दष्टिकोणले भीमफेदीलाइ एक महत्वपुर्ण स्थल मानिन्छ । यस ठाउंको नाम भीमफेदी रहन गएको एक पौराणीक किम्बदन्ति छ, जुनकुरा हिमवतखण्ड पुराणमा उल्लेख भएको पाइन्छ । उक्त हिमवतखण्ड पुराणका अनुसार पाण्डबहरुलाइ १४ बर्षको वनवास भोग्नुपर्दा भीमसेन लाइ कुनै कारण बस कान्तिपुर जान पर्रयो । हेटौडा पुग्दा उनको हिडम्बा राक्षससंग भेट भयो र ति दुबैमा घनघोर लडाइ भयो र भीमसेनको अगाडी हिडम्बाको केही लागेन । आखीर हार मानी हिडम्बाले आप्mनी बहिनि भुटनदेबिसंग भीमसेनको बिबाह गराइ सन्धि गरे ।

हेटौडा बाट १७ की .मी. उत्तर गोल्पिगबेशी पुग्दा खानपिन गरी भीमफेदीको बाटो लागे । तर भीमफेदी स्थित पहाडको फेदीमा पुग्नासाथ कुखुरा बासेको हुदां त्यो रात त्यहि बास बस्नु प¥यो । यसरी भीमसेन बास बसेको ठाउं भएको हुनाले यो स्थानको नाम भीमफेदी रहन गयो ।

द्धापर यूगको शुरु देखिको भीमफेदी, पाण्डुका पुरुषार्थी पुत्र भीमसेनको बास स्थान भएको भीमफेदी, चीसापानी गढीको फेदीमा रहेको स्वच्छ हावापानी सहितको रमणीय स्थान भीमफेदी, खाद्यान्न र नुनको ब्यापारबाट ब्यापारिक प्रकृया शुरु भएको तथा तामाङ्ग समुदायको बस्ति भएता पनि काठमाण्डौ र पाटनबाट ब्यापारको खोजिमा आएका नेवारबाट गुल्जार भएको भीमफेदी, जहां ढुखंके हालको काभ्रे जिल्ला, मालटा हालको ललितपुर जिल्ला सम्मका  ¬मानीस हरुले घिउ, मह, दाल चामल ल्याई नुन, मसला, तमाखु र कपडा लिई जाने प्राचिन बजार भीमफेदी, बटुकी भैरब उत्तरी शिर, पाण्डब पोखरी (जहाँ पाण्डबका ४ भाइका मृत्यू पश्चात यूधिष्ठिरले १०८ प्रश्नको उत्तर दिइ आफ्रना भाइहरुलाई जियायी पानी खान पाएको पोखरी) पूर्वि शिर भई भीमकाय पर्वतहरुले वेष्ठित र त्यसकै फेदीमा रहेको भीमफेदी, त्रिभुवन राजपथ खुल्नु अगाडी श्री ५ तथा श्री ३ देश बिदेश भ्रमण गर्दा बास बस्ने तथा आनन्द लिने ठाउँ भीमफेदी, नेपालको राजधानी काठमाडौबाट ९ कोष दक्षिण र समुन्द्री सतहबाट करीब ११०० मिटरको उचाइमा रहेको र यहांको गृष्म तापक्रम ३० डिग्री सेल्सीयस हुन्छ भने हिउँदे तापक्रम ५ डिग्री सेल्सीयस भन्दा कमरहने यो ठाउँ पुरानो आन्तरीक पर्यटकिय स्थल हो ।

 

भीमफेदी बजार बि.सं. २०११ साल अघी अहिलेको जस्तो नभइ त्यतिखेरको एक बिकसित ठुलो ब्यापार केन्द्र र नेपालको राजधानीको मुल ढोकाको रुपमा र निकै ठुलो चलन चल्तीको बजारको रुपमा बिकसित थियो । भारतबाट नेपाल आयत गरीने सामान राजधानी पु¥याउन मानिसहरुले भारी बनाएर यही बाटो भएर बोक्ने गर्दथ्यो । भीमफेदीबाट काठमाण्डौ उपत्यकामा लैजाने कार, साना जेम्सी ट्रकहरुको चक्का, इन्जिन फुकालेर च्यासिस धेर नलहरुमा डोरीले कसेर सय पचास मानीसले कांधमा बोकेर कमिलाले आफ्ना शिकार बोकेर हिडे्को जस्तो पार्दै लैजाने गर्दथ्यौ ।

 

भीमसेन मन्दिर भीमफेदीको नामाकरणको इतिहांससंग गासिएको यो मन्दिर पहिले चिसापानी गढि मुनि फेदी, पारी बजारमा थियो ।बि.सं. २०११ सालको बाढिले बगाइ अलि तल ल्याइ पुरिएको अबस्थामा फेला परे पछी मुर्ति (शिला)लाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उतिनै तल जाने भइ निकाल्न नसकि त्यहि गहिराइमा वरिपरि सिढि बनाइ तल मुर्ति भएको ठाउंमा मन्लिर बनाइ राखिएको छ । पछि वारी चल्तिमा आएको हालको बजारमा नया भीमसेनको पुरानै ढाँचामा मन्दिर बनाइ नयाँ मुर्ति प्रतिस्थापना गरिउको छ । हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भीमसेनको रथयात्रा र पुजा अर्चना गरी भोज खाने चलन रहि आएको छ । उक्त भीम यात्रामा हजारौं भक्तजनहरु भारतबाट समेत सहभागी हुन्छन् ।

 

हाल २०३५ सालबाट यो मन्दिर बजारमा सारएिको छ । पारी मन्दिर जमीन भन्दा तल पुरीन गएको र सोको तत्कालीन समयमा संरक्षणको अभाब भएकाले बजारतर्फ मानब बस्ति पनी सुध्रिसकेकोले मन्दिर लाइ पनी स्थानान्तर गरेको छ । यस मन्दिरको बिभिन्न जग्गा दाताहरुले प्रदान गरेको आयस्ताबाट पुजा संञ्चालन गर्न जमीन स्वामित्वमा दिएता पनि यस्को संचालन समिति तथा गुठी नभएकोले कुनै अभिलेख सुरक्षित छैन । अब स्थानिय निकायले जनभेला गराइ बैधानिक सकृय बिधान सहित समिति ब्यबस्थित गरी भीमसेनसंग संलग्न रहेका जग्गा जमीन, गहना खर खजाना एकिकृत गर्नु पर्दछ । हाल यस भीमसेनको गहना समाजसेवी माधबदास श्रेष्ठको घरका सेफमा सुरक्षित रहेको तथा उक्त सेफको साचो समाजसेवी राजनलाल श्रेष्ठ, जय श्रेष्ठ र म आफै संग सुरक्षित छ ।

 

उक्त भीमसेनलाई मौखिक प्रदान गरीएको जग्गामा कृतनलाल श्रेष्ठले आयस्ता कमाइ गरी आएको छ ।प्रत्यक अषाढ महिनाको अन्तिम शनिबार वा मगंलबार तिथि र्निधारण गरी भीमफेदीको बिनास तथा दैबिप्रकोप बाट बिक्षिप्त २०११ सालको महामारी लाइ संम्झदै भीमसेन मन्दिरमा बर्ष भरीका भुल दोष बाट मुक्त गरी दैबिप्रकोप बाट टाढा राखी बाली नालकिो सुधार होस भनी यस किसिमका बिशाषय क्षेमा पुजा सदियोकाल देखी चलीआएको र हाल सम्म नि यो निरन्तरता रही आएको छ ।पहिले यो नेवार जाती ब्यपारीहरुबाट मात्र संचालनमा रहेको भएता पनी हाल सबै जातजाती को सहभागीतामा हुने गरेको छ र यो एस पटक २०७५ अषाढ ३० गते शनिबार मनाउने भएको छ ।जय भीमसेन ।